बेल्जियममा ४० औँ मेलमिलाप दिवस मनाइयो


लुभेन/ स्व. बिपी कोईरालाको मेलमिलाप नीति लिई सबैलाई एकजुट हुन् आग्रह गर्दै बेल्जियमका नेपालीहरुले ४० औ राष्ट्रिय मेलमिलाप दिबस मनाएका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा अंग्रेजी नया बर्षको शुभकामना आदान-प्रदान सहित सोमबार लुभेनमा मेलमिलाप दिबस सम्पन्न भएको हो।

मेलमिलाप दिबसको अबसरमा पोर्चुगल,ईटाली,नेदरल्याण्डबाट समेत सहभागी बनेका कांग्रेसीहरुले निस्वार्थ देशको हितका लागि अहिले मेलमिलापको नीति अपनाउँनु पर्नेमा जोड दिए।

नेपाली जनसम्पर्क समिति समन्वय परिषद यूरोपका कार्यबहाक अध्यक्ष पूर्ण हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम,एनआरएनए आईसीसी सदस्य जानकी गुरुङ,जनसम्पर्क समिति नेदरल्याण्डका बरिष्ट सल्लाहकार हरि पौड्याल,जनसम्पर्क समिति ईटालीका अध्यक्ष रमेश राज लामिछाने लगायत बिभिन्न संघ-सँस्थाका प्रतिनिधीहरुले बिचार ब्यक्त गरे।

नेपाली जनसम्पर्क समित बेल्जियमका अध्यक्ष सुभाष जोशीको अध्यक्षतामा सम्पन्न कार्यकम महामन्त्री चिनिया लाल दुवालले संचालन गरेका थिए ।