– सन्तोष श्रेष्ठ
मेरो सुन्दर देश म बाट किन त्यसै टाढिदै छ
अनाहकमा जात र धर्मको नाममा त्यसै किन भाडिदै छ ।
उल्फतको क्षेत्रिय अधिकार निर्लज्ज धाकको दलदलमा हेरन किन त्यसै गाडिदै छ ।
पुस्ता टिस्टा सम्म हाक्थे
हामी बाच्न अरुको मुख ताक्ने
भोकमारी र औषधी बिना हेर आज संसार छाडिदै छ ।
कतारको निबाला , पसिनाले प्यास मेट्दै
खाडिमा एम ए पढेको लक्का जबान हेर न कसरी खाडिदै छ ।
बिरताको नाममा रगत होली खेल्दै ,
गास बास र कपासको निम्ती कोही भारत त कोही लंडन बाडिदै छ ।
जडंगे पिल्लर र सिमाना पनि यहॉ हेर्दा हेर्दै फाडिदै छ ।
हेरन मेरो सुन्दर देश मबाट किन टाढिदै छ।
जात, धर्म र अधिकारको नाममा किन त्यसै भाडिदै छ ।
सिमानाको जडंगे पिल्लर किन त्यसै फाडिदै छ ।
लेखक नेपाली जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष हुन्।