स्पेन/अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) स्पेनले अध्यक्षमा पुरुषोत्तम भट्टराईलाई चयन गरेको छ। हालै बार्सिलोनामा भएको एक भेलाले अध्यक्षमा भट्टराईलाई चयन गरेको हो। यस अघि कार्यसमितिका उपाध्यक्ष समेत रहेका भट्टराई पुर्बेली नेपाली एकता समाज स्पेनका पनि अध्यक्ष पनि हुन्।
समाजले आफ्नो दुई बर्षे कार्यकाल पूरा गरेको भन्दै, २८ नोभेम्बरको भेलाले पुरानो समिती बिघटन गरेर भट्टराईको अध्यक्षतामा १८ सदस्यीय नयाँ समिती बनाएको सुचना सार्बजनिक गरेको हो।दुई बर्ष अघि प्रकाश तिवारीको अध्यक्षतामा समिति बन्दै, ईनास गठन भएको थियो।
समाजले उपाध्यक्षहरुमा सन्जय बिक्रम शाह र बिष्णु रानाभाट, महासचिवमा सुरज मैनाली,सचिव प्रबिण श्रेष्ठ ,कोषाध्यक्षमा बिकास साम्पाङ राईलाई चयन गरिएको जनाएको छ। यस्तै कार्यसमितिका सदस्यहरुमा बिपिन गुरुङ,रोबिन काफ्ले,योगेन्द्र थापा,अशोक केसी,सम्झना श्रेष्ठ, दीप्ती निरौला, राजीव कटुवाल,देबी कुमारी भण्डारी चित्तरन्जन वस्ती,कबिता भट्टराई,सुस्मिता कडेल,यसोदा थापा,अर्जुन कडेल, पोपेन्द्र गुरुङ र सितल खतिवडा रहेका छन्।
समाजको सल्लाहकारहरु,मुक्त बहादुर गुरुङ,एकराज गिरी दीपक खरेल,दावा ऋषि श्रेष्ठ,रमेश प्रसाद निरौला जानुका रेग्मी,खनाल र प्रकाश तिवारी(ग्लोबल कमीटी प्रतिनिधि ) चयन भएका छन्। नयाँ कार्यसमितिको बिबरण ग्लोबल कमिटीलाई पठाईसकेको र अनुमोदन भईसकेको समाजले जनाएको छ।
अध्यक्ष बने पछि भट्टराईले नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै भने,” युरोपका कलाकारहरुलाई समेटेर छिट्टै बार्सिलोनामा युरोप स्तरीय कार्यक्रम आयोजना गर्ने छौ। बिगतका कमीकमजोरीहरुलाई सच्याउदै, सल्लाह र सुझावहरु लिएर अगाडि बढ्ने छौ।”






Badhai 6 puru dada lai
हार्दिक बधाई तथा सफलकार्यकालको शुभकामना
बधाई छ भाइ, सफल कार्यकालको लागि सुभकामना
Badhai xa bhai
हार्दिक बधाई दाइलाई
बधाई छ दाइहजुर
Well done dai! So proud of you! Good luck for the future
Comments are closed.