– मोहन राज बराज
कुरा यहि कार्तिक २ गते अर्थात फूलपातीको अघिल्लो रातको र स्थान पोखरा वडा नं १७ छोरेपाटनमा रहेको पेट्रोल पम्प। देशमा छिमेकी राष्ट्र भारतको अघोषित नाकाबन्दीको असरले गर्दा पेट्रोल,डिज़ेल र ग्याँस जस्ता आपूर्तिजन्य पदार्थहरूको व्यापक हाहाकार भएको समय।
फेरि नेपालीहरुको महान चाड बिजया दशमी नजिकै आउदै गरेको अवस्था।मानिसहरू कसैलाई पेट्रोल कहिले बितरण हुन्छ थाह छैन।तर पनि पेट्रोल पाउने आशामा हरेक पेट्रोल पम्पमा भिड़ हुन्थ्यो।यस पम्पमा पनि ४/५ दिन अगाडी देखि मानिसहरूले आफ्नो सवारी साधन त्यहि राखेका थिए।पेट्रोल पाउने आशामा मानिसहरूले आफ्ना सवारी साधनहरू दिन रात नभनिकन त्यहि राखे ।यसरी लामो समय सम्म सबारी साधनहरु यहि रहदा, धेरै रिज़र्वमा आएका मोटरसाईकलहरुको पेट्रोल तथा सबारी साधानहरुका लुकिड्ग ग्लासहरू चोरी भए। तैपनि मानिसहरू विवश थिए आफ्नो सवारी साधन त्यहि छोड्न, केवल ईन्धन पाँउने आशमा।
कार्तिक २ गते पेट्रोल बाँडने सुचना पाए लगत्तै एकाबिहान देखि सवारी साधनहरूको चाप बढ्यो।सर्वसाधारणहरू भोक ,प्याँस,तिर्खा नभनिकन पेट्रोल पाउने आशामा बसिरहे।भिड अनियन्त्रीत हुदै थियो।त्यहाँ बेलुका सम्म सुरक्षा निकायका कोहिको पनि उपस्थित थिएन। मानिसहरू आफै लाईन लाउने।परि आए अगाडी आफ्नो सवारी साधन अगाडी छिराउने काम गरिरहे।
मानौ जस्को शक्ति उसैको भक्तिको अनुभुति भईरहेको थियो।लाग्छ त्यस दिन ट्याङ्करमा पेट्रोल आए पछि मात्रै सुरक्षाक्रमीको उपस्थिति भयो। करिब १० बजे पछि मात्रै बितरण शुरू गरिएको थियो। सवारीसाधनहरूको अनियन्त्रीत भिड,हरनले बाताबरण कोलाहलमय भएको थियो।म त्यस दिन दर्शक थिए। बिहान देखि मोबाईलबाट फोटोहरू लिएको थिए।
करिब रातको करिब ११ बजेर १२ मिनेट जाँदा वडा प्रहरी कार्यलय वैदामको भेन साईटमा राखेर जर्किनमा वडा प्रहरी प्रमुख विरेन्द्र गोदारको नेतृत्वमा पेट्रोल भरिरहेको देखे।म अच्चम्म भए।लाईनमा रहेका सवारीसाधनहरूलाई मात्र दिने भनिएको थियो।तर यहाँ त्यस विपरीत फौजी कमाण्डमा जर्किन।
फेरि पेट्रोलहरू पाईदा बाँघ पनि कराउने बाँच्छो पनि हराएको दृश्यको झल्को दिने यस सिनको मैले मोबाईलबाट यो नखिचिरहन सकिन। फोटो लिए।एक जना प्रहरीले किन फोटो लिएको प्रश्न सोधे।म पत्रकार जवाफ फर्काए।त्यो जर्किन भेनमा लोड गरिएको थियो।मैले भेनको पनि फोटो लिए पछि भने म राज्यको अपराधी ठहरिए।
सापको गाडीको किन फोटो लिईस।एक प्रहरीले हपारे।फेरि गोदार सापले ए तैले फोटो लिने भनेर दुर्व्यवहार गरे।म पत्रकार हुँ भने तर यिनीले मेरो कुराको सुनवाई गरेनन।उल्टो भेनमा कोच्दै दशै सम्म खोरमा राख्छु पो भने । मोबाईलमा भएका फोटाहरू मोवाईल नियन्त्रणमा लिएर डिलिट गर्न लगाए।फेरि मलाई यहि अभियोगमा टवाईलेट भएको दुर्गन्धित र उडुस व्याप्त रहेको कक्षमा थुने।यस्तो व्यवहार देख्दा मनमनै गमे।
सुरक्षा निकायको गाडीलाई चाहिने पेट्रोल सरकारले सम्बन्धित पेट्रोल पम्पबाट उपलब्ध गराई रहदा ४/५ दिन अघि देखि लाईनमा लगाईरहेका सर्वसाधारणको लाईन मिच्दै यि गोदार साँप जर्किन लिएर किन आए? यहि दृश्यनै दालमा कुच काला है जनाउन प्रयाप्त छ? फेरि अनलाईन पत्रकारिता गर्ने पत्रकारहरू यिनिहरुको भाषामा राज्यको अपराधी हुदो रैछन।
फेरि ति सापको पदमा पुग्न कम्तिमा स्नातक गर्नु पर्छ।कठै वरा स्नातक। कठै वरा यिनीको भाषा।ओहो कति संकुचित मानसिकता।म अनलाईन न्युज पोर्टलको पत्रकारीता गर्ने र मानव अधिकारको क्षेत्रमा पनि काम गर्ने एसिया मानव अधिकार साँस्कृितक विकास मञ्च कास्कीको पनि सचिव यहि मानसिकताको शिकार हुन विवश थिए।
कठै वरा मेरो देशको कानुन।फेरि म यिनिहरूको भाषामा राज्यको अपराधी।फेरि फौजी शैलीमा मलाई खोरमा ल्याउने सापले हामीले राम्रो काम गरेको किन खिच्दैनस पो भन्छन।पेट्रोलको मात्र खिच्ने हो।सायद मलाई यसरी हप्काउदा सत्यता यहि लुकेको थियो।पेट्रोल र डिजेलको सर्वसाधारणको लाईनमा जो नियम संगत लाईनमा छ उसले पाउने संभावना नै हुदैन कारण जस्को शक्ति उसैको भक्ति ।
जनता ४/५ दिन त्यहि पेट्रोल पम्पमा पर्खदै सवारीसाधन सहित बस्छन।तर कानुन पालक र शान्ति सुरक्षा कायम गर्ने प्रहरी पम्प मालिकसँग आफुले कति पाँउने वार्गेनिड्ग गर्दै जनताको लाईन मिच्दै प्रहरीको सम्मानित पोशाकको दुरूपयोग गर्छन।मेरो तस्विरमा जर्किन सानो देखिन्छ तर केहि यस्ता सापहरूको खेल ठुलो हुन सक्छ।
यस कारण पो म क़ैदी भए।राज्यको अपराधी भए।मलाई अपराधी देख्ने गोदार साप के प्रहरीले भुकम्प,बाढी,पहिरोको उद्दार गरे भन्दैमा यसैको नाममा यस्तो ब्यबार गर्न मिल्छ?के विपत्तीमा उद्दार गर्नु मानविय दायित्व हैन? राज्यले फेरि जनताले तिरेको करबाट तलब आखिर किन दिएको हो? जनताको हितमा काम गर्न हैन ? अनि फेरि उद्दार जस्तो महान कार्य गरेको छु भन्दै गोदार सापले पेट्रोलको जर्किनले त्यसलाई छोप्न खोज्नु कतिको सुहाउदो हुन्छ? फेरि गोदार साप राज्यको चौथो अंग पत्रकारीता हो कि हैन?फौजी शैलीमा गिरप्तारी के को लागी ?

के एक पत्रकारले फोटो खिच्नु अपराध हो? फेरि गोदार साप मिडीयामा प्रहरीको पनि संग्लनता सम्बन्धी समाचार आउदा यस्तै हर्कतले यि समाचारहरूको पुष्टी गर्दैन र ? फेरि फोटो खिच्ने सवालमा सत्य के हो भने उद्दार कार्यमा खटिदा जनताको हृदयले तस्विर खिच्दै सलुट ठोक्छ। प्रहरी नायक रशेम खरेलको असल कामको फोटो खिच्न के आवश्यक छ? यिनीको फोटो त जनताको हृदयले खिचेको छ।
फेरि गणतन्त्र आएर वल्ल संबिधान आएको हाम्रो देश अहिले नाकाबन्दीबाट शिथिल हुदै छ।पेट्रोल ,डिजेल,तेल हुदै तेल,औषधी आदीमा पनि क्रमश: यसको असर देखिदै गएको छ।अहिले मलाई के लाग्छ भने सुरक्षाकर्मीको यस्तै हर्कतले झन दुरुपयोग गर्नेहरूले प्रश्रय पाईरहेका छन।
पम्पहरूबाट गुण्डागर्दी गर्नेहरूले प्रशस्त मात्रामा पेट्रोल,डिजेल पाउन सक्छन।फेरि जो सँग ग्याँसका भाँडाहरू धेरै छ।ग्याँस उसैले पाँउछ।निमुखा,गरिब,अशक्त,भाँडामा बस्नेहरूले पाँउनु त आकाशको फल आँखा तरि मर नै हो।यसमा सम्बन्धित निकायको बेलैमा ध्यान जाओस।






Too much heart touching and the distressed , intolerable act towards you sir. Which is out of humanity .
MOhan sir hajur Ko yo news ma Kina kalabazari vanni word hatayeera durupayog vanni word change garnu vayo ? Police ly arrest Garda K Tapai sanga sath ma journalists vayeko kunai proof Theyo yedi Tapai sanga identity vayeko vaye police ly sayad arrest garthena holla. Tapai rajye Ko chautho aanga vannu hunxa Tapai Kina back hunu vayo Tyo kala bazari word change garnu vayo news leknus Tara j ho tehi Kina cheparo ly rang change gare jasto word change garnu hunxa? Aash Garxu Aba bata Tapai pen ly news lekhnus pencil ly hoina
Comments are closed.