गैर आबासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि मतदान प्रकिया शुरु भएको छ।केहि सहमतिका प्रयास हुनाले नै मतदान प्रक्रिया ढिलो गरी सुरु भएको निर्बाचन आयोगले जनाएको छ। अध्यक्षमा रतन झाले शेष घलेलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। अध्यक्षका लागि टीबी कार्की र घले बीच प्रतिस्पर्धा हुँदैछ।
यस्तै उपाध्यक्ष पदका लागि जापानबाट पुन:भवन भट्ट जर्मनीका कुमार पन्त, कतारका नरेन्द्र भाट, अमेरिका देखि खगेन्द्र क्षेत्री, अस्ट्रेलियाका डा. शमशेरसिंह थापा र बेलायतबाट लक्ष्य गुरुङ चुनाबी मैदानमा भिड्दै छन्। उपाध्यक्षमा प्रतिस्पर्धा गरेका ६ जना मध्ये दुई जना निर्बाचित हुने छन्।
यस्तै महासचिबमा ४ जनाको चुनाबी कडा प्रतिष्पर्धा हुने भएको छ। रसियाबाट डा. बद्री केसी,स्पेनका पुष्प राज तिमिल्सिना,अष्टेलियाबाट रन्जु बाग्ले थापा,र जर्मनीका पुष्प थापा भिड्दै छन्। गत अधिबेशनमा सचिबमा बिजयी बनेकी थापाले तिमिल्सिनालाई झिनो मतले पराजित गरेकी थिईन्। यी दुवै जना फेरि महासचिबका लागि एकै ठाँउमा भिडेका हुन्।
सचिबमा यस अघि धेरैले उम्मेद्वारीको चर्चा गरे पनि अन्तत: ४ जना बीच चुनाबी प्रतिस्पर्धा भएको छ।बेल्जियमका अर्जुन कुमार श्रेष्ठ,अष्ट्रेलियाका गणेश केसी, बेलायतबाट सुरेन्द्र श्रेष्ठ र साउदीका धरम बहादुर केसीले बीच प्रतिस्पर्धा हुने भएको हो।
यता कोषाध्यक्षमा जापानबाट चिरन्जिबी थापा, अस्ट्रेलियाका भैरव ढकाल,अमेरिका राजेन्द्र शिवाकोटी र नाईजेरियाबाट हिक्मत थापा र हङ्कङ्का यम बहादुर गुरुङ बीच कडा प्रतिस्पर्धा छ।
एसिया संयोजकमा गंगाराज राई, किरण विक्रम थापा,सोमचाई क्षेत्री र उपसंयोजकमा भवानी शंकर तिवारी, कृष्ण प्रसाद पाण्डे र रोविन्द्र प्रसाद श्रेष्ठ भिड्दै छन्।
अमेरीकाको संयोजकमा रामचन्द्र खरेल र सोनाम लामा र उपसंयोजकमा आङ्ग छिरिङ शेर्पा, बिनोद के सी, शिब कुमार राई बीच कडा प्रतिस्पर्धा हुने भएको छ।
मध्यपुर्वको संयोजकको रुपमा डम्बर बहादुर क्षेत्री र झम्क प्रसाद सापकोटाले उमेदवारी दर्ता गराएका छन्। उपसंयोजकको पदमा धर्मराज गिरी, कल्याण कुमार श्रेष्ठ र उमेश अधिकारी एकै ठाँउमा भिड्दै छन्।
त्यस्तै ओसनियाको संयोजकमा भोमा देशी लिम्बु र महेन्द्र कुमार लम्साल बीच प्रतिस्पर्धा हुने भएको छ।