हिमालयन बुद्व फाउण्डेशनको साधारण सभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान


पोखरा/ हिमालयन बुद्व फाउण्डेशन कास्की नेपालको नवौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।  त्यसअवसरमा आदर्श समाज दैनिकका प्रमुख समाचारदाता युवा पत्रकार नवीन सिग्देललाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका संरक्षक क्या. कर्णबहादुर गुरुङ र अध्यक्ष तेजकुमार गुरुङले उनलाई सम्मान पत्र प्रदान गरेका थिए। सोहि कार्यक्रममा कान्तिपूर टेलिभिजनका पत्रकार बसन्त अधिकारीलाई १० हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको हो।

गतवर्ष भएको दुर्घटनामा परी घाइते भएका पत्रकार अधिकारीको उपचारमा सहयोग पु¥याउने उदेश्यले उनलाई आर्थिक सहयोग प्रदान गरिएको हो।  त्यसैगरी कार्यक्रममा संस्थाका संरक्षक क्या. कर्णबहादुर गुरुङलाई सम्मान गर्नुको साथै संस्थाकी कर्मचारी अनिता गुरुङलाई उत्कृष्ठ कर्मचारीका रुपमा पुुरस्कृत गरिएको थियो।

साधारण सभाले अध्यक्ष तेजकुमार गुरुङ र कोषाध्यक्ष विश्वबहादुर गुरुङले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ।  कार्यक्रममा बोल्दै संस्थाका संरक्षक क्या कर्णबहादुर गुरुङले संस्थाले दिन प्रतिदिन प्रगतीगर्दै अघि बढेको उल्लेख गरे। उनले संस्थालाई माथि उठाउन संस्थाका सदस्यहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

संस्थाका कानुनी सल्लाहाकार रामचन्द्र त्रिपाठीले संविधान कार्यन्वयनमा सवैको ध्यान जान आवश्यक भएको बताए। उनले स्पष्ट लक्ष्यका साथ अघि बढेका संस्था मात्रै दीर्घकालिन रुपमा संचालन भएको उल्लेख गरे। पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले गैर सरकारी संस्थाहरु आफ्नो लक्षित उदेश्य हासिल गर्नतर्फ अघि बढ्नुपर्ने बताए।

कास्कीमा दर्ता भएका अधिकांश गैर सरकारी संस्था निष्कृय हुदाँ हिमालयन बुद्व फाउण्डेशन भने स्थापित संस्थाका रुपमा परिचित भएको उनको भनाई छ।
सम्मानित पत्रकार नवीन सिग्देलले काम नै व्यत्ति तथा संस्थाको पहिचान हुनेभन्दै जटिल अवस्थामा पनि काम गर्नबाट पछि सर्न नहुने उल्लेख गरे।

हिमालयन बुद्व फाउण्डेशन कास्की नेपालका अध्यक्ष तेजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामप्रसाद अधिकारीले स्वागत र सचिव यदुनाथ अधिकारीले कार्यक्रम संचालन गरेका थिए।  ११ वर्षअघि स्थापित संस्थाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा कामगर्दै आइरहेको छ भने न्युन आय भएका महिलाहरुमा सीप विकास गरी आत्मनिर्भर बनाउन प्रयास गरिरहेको छ।

त्यसैगरी, कास्कीका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ज्ञानबद्र्वक पुस्तकहरु उपलब्ध गराउन घुम्ती पुस्तकालय समेत संचालन गरेको छ।