काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएन)को सातौं विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामबरण यादवले गर्ने भएका छन् । एनआरएनको विश्व सम्मेलन यही अक्टोबर १४ तारिक देखि काठमाडौमा हुदै छ।
एनआरएन अध्यक्ष शेष घलेले राष्ट्रपति डा. यादवलाई भेट गरि निमन्त्रणा दिएका थिए। भेटका अवसरमा अध्यक्ष घलेले विश्व सम्मलनको यस बर्षको मूल बिषय पुनर्निर्माणमा केन्द्रित भएको र “गैरआवासीय नेपाली संघ: पुनर्निमाणको सच्चा साझेदार” नारा चयन गरिएको जानकारी गराए।
राष्ट्रपतिले विगत दुई दशकदेखि नै राष्ट्रले विविध समस्याहरुको सामना गर्दै आएको र महाभूकम्पले थप शिथिल पारेको अवस्थामा भर्खरै संविधान जारी भएको उल्लेख गरे ।
विश्वको परिवेश देखे वुझेका र मात्रिभूमिलाई माया गर्ने सम्पूर्ण गैरआवासीय नेपालीहरुप्रति नेपाल र आफूले निकै आशा राखेको र गैरआवासीय नेपाली संघले महाभूकम्पको समयमा खेलेको भूमिका र देखाएको अग्रसरताले सारा नेपालीहरुको गैरआवासीय नेपाली र त्यसलाई एकिकृत गर्ने गैरआवासीय नेपाली संघप्रति थप आशा र भरोसा बढेको वताए ।
विश्व सम्मेलनमा आमन्त्रण गर्न अध्यक्ष शेष घलेको नेतृत्वमा महासचिव कुमार पन्त, सचिव रञ्जु वाग्ले थापा लगायत टोली राष्ट्रपति निवास पुगेको थियो ।