पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनको ११ औं अधिवेसन सम्पन्न


कृष्णप्रसाद तिवारी
पोखरा /
मेटल तथा स्टिल उद्योगी, व्यवसायीहरुको हक अधिकार संरक्षण गर्न, समय सापेक्ष परिर्वतन गरी व्यवसायी एवं मजदुरका पक्षमा अगाडि बढ्नका लागि २०५६ सालमा स्थापना भएको पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्कीको १५ औं साधारण सभा एवं ११ औं अधिवेसन शनिबार पोखरामा सम्पन्न भयो ।

अधिवेसनले कृष्णप्रसाद तिवारीको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा यामप्रसाद पौडेल, दितिय उपाध्यक्षमा ऋषि गिरी, महासचिवमा वसन्त रेग्मी, सचिवमा वासुदेव पौडेल, कोषाध्यक्षमा भीमप्साद आचार्य र सहकोषाध्यक्षमा मनोज आचार्य निर्वाचित भएका छन्।

त्यसै गरि सदस्यहरुमा विष्णुकुमारी आचार्य वास्तोला, कल्पना घिमिरे, कृष्ण घिमिरे, चन्द्र पुरी, प्रेमबहादुर विश्वकर्मा र विश्वप्रसाद कर्माचार्य रहेका छन्।
संस्थाका कानुनी सल्लाहकार अधिवक्ता दामोदर अधिकारी, पुर्व अध्यक्ष बाबुराम पाठक र दीपकराज सिग्देल रहेको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन गरेको हो।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं पश्चिमाञ्चल क्षेत्र उद्योग वाणिज्य संघका अध्यक्ष संजिबबहादुर कोईरालाले उद्योग व्यवसायको उन्नतीमा राज्यबाट अनुगमन नभएको वताउँदै जनताको मनोभावना अनुरुप व्यापार व्यवसाय गरेकाहरुको व्यवसायीक पहिचान हुनु पर्ने वताए । साथै उनले व्यवसायीहरुले पनि एकतावद्ध भई सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने वताए।

सो कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव प्रकाशदेव पालिखे, अधिकृत बिक्रेता संघका अध्यक्ष सुरेश अधिकारी, जिविस कास्कीका इञ्जिनियर कृष्णप्रसाद जमरकट्टेल, हार्डवेयर एसोसिएसनका अध्यक्ष प्रेमप्रसाद पौडेल, पोखरा औधोगिक क्षेत्र उद्योग संघका अध्यक्ष चन्द्रबहादुर राजभण्डारी, व्यवसायी शुरेस श्रेष्ठलगाएतले शुभकामना व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष रुद्रलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै २५ जना सदस्यहरुबाट सुरु भएको संस्थाको हाल २१० जना सदस्यहरु रहेको वताउदै विभिन्न असुविधाका वावजुत पनि उज्ज्वल भविष्यको कामना गर्दै पेशालाई समय सापेक्ष व्यवस्थित, व्यवसायीक र बैज्ञानिक बनाउदै लगेको वताए।

त्यसै गरि महासचिव यामप्रसाद पौडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै २१ औं शताब्दि विज्ञान र प्रविधिको युग भएकोले सकरात्मक सोच, नयाँ प्रविधि, ज्ञान सीप र मेसिन औजारको प्रयोग गरि देशको विकासमा टेवा दिदैं आएको व्यवसाय भएतापनि अस्थिर सरकार, मजदुर समस्या, लोड सेडिङ, मुल्यवृद्धि, भुक्तानीको समसया आदिले गर्दा व्यवसायीलाई ठुलो नोक्सान पुगेको वताए।

उनले एउटै उद्धेश्य भएका दुई संस्था पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन र स्वतन्त्र स्टिल फेब्रिकेसन एसोसियसन विच सम्झौता भई हाल पोखरामा एकमात्र स्टिल फेब्रिकेटर्स एसोसिएसन रहेको जानकारी दिए।

सभामा कोषाध्यक्ष ऋषि गिरिले आ.व. ०७१।७२ मा लक्षित आम्दानीको ८५ प्रतिशत आम्दानी गर्न सकिएको र विभिन्न शिर्षकमा खर्च गरी कोषमा छ लाख २५ हजार वतच गर्न सकेको वताउदै भुकम्प पिडितको लागि दुई लाख ४० हजार संकलन भएकोमा एक लाख ४१ हजार वितरण गरिएको र बाँकी ९९ हजार आपत कालिन राहतकोषमा राखिएको वताए।

संस्थाका अध्यक्ष रुद्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव यामप्रसाद पौडेलले गरेका थिए।