,पोखरा/ नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कास्कीको सल्यानस्थित संगम युथ क्लवको आयोजनामा नवौं तीज मेला सोमबारदेखि शुरु भएको छ । स्थानिय समाजसेवी क्याप्टेन शेरबहादुर गुरुङ्गले एक समारोहका विच मेलाको उद्घाटन गरे ।
मेला उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले युवाहरुले तीज मेला आयोजना गरेर तीजको संस्कृती जगेर्णा साथै गाउँको पहिचानमा समेत उल्लेख्य योगदान पु¥याएको बताए ।
उद्घाटन समारोहमा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी पोषनाथ शर्मा, सल्यान गाविस महिला समन्वय समितिका अध्यक्ष टुल्किदेवी पौडेल, नेकपा एमाले क्षेत्र नम्बर ४ का अध्यक्ष विष्णु केसी लगाएतले शुभ–कामना मन्तव्य राखेका थिए ।
क्लवका अध्यक्ष विजय गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्याम गुरुङ्गले गरेका थिए भने निवर्तमान अध्यक्ष देउकाजी गुरुङ्गले स्वागत गरेका थिए ।
सोही अबसरमा उनी र यामबहादुर गुरुङ्गको तर्फबाट क्लवका लागि अक्षय कोषको घोषणा समेत गरे ।
मेलाको पहिलो दिन भएको अन्तर विद्यालय हाँजिर जवाफ प्रतियोगितामा भुमेश्वर प्राविले प्रथम तथा अभिमान बोर्डिङ्ग स्कुल, झोवाङले द्वितिय स्थान हाँसिल गरे । उनीहरुलाई प्रमुख अतिथि शेरबहादुर गुरुङ्गले पुरस्कार प्रदान गरेका थिए ।
आउँदो ३१ गते सम्म सञ्चालन हुने मेलामा वडा स्तरिय तीज गित प्रतियोगिता संगै पुरुष भलिवल, छेलो हान्ने प्रतियोगिता लगाएत विविध साँस्कृतीक कार्यक्रम हुने बताइएको छ ।पुरुष भलिवल प्रतियोगितमा प्रथम हुने समुहले नगद ३० हजार तथा द्धितिय हुनेले २० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरि विभिन्न विधाका खेलाडीहरुले पनि छुट्टछुट्टै पुरस्कार प्राप्त गर्नेछन् । तीज गित प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार तथा द्धितिय हुनेले नगद २ हजार तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।