पोखरा/ नेपालको पर्यटकीय केन्द्र पोखरामा आगामी असोज १२ गते विश्व मुटु दिवसको अवसरमा “स्वस्थ मुटुको लागी साइक्लिङ्ग” भन्ने जनचेतनामुलक वृहत साईकल ¥याली हुने भएको छ । टुर दि पोखरा २०१५ नाम दिएको उक्त अभियानका भव्यताका साथ सम्पन्न गर्न निरज थापालाई संयोजक तोकिएको छ ।
साईकल सिटी पोखरा आयोजक रहेको उक्त अभियानमा वृहत साईकल ¥यालीगर्ने,वातावरण मैत्री पोखरा वनाउन सन्देश दिने मुटु र साईकल सम्वन्धको वारेमा जानकारी दिने तथा आन्तरिक तथा वाह्य पर्यटन प्रबदद्दन गर्ने लगायतका उद्देश्यहरु रहेको कार्यक्रम संयोजन थापाले नेपालीनेपालीडटकम लाई जानकारी गराए ।
अनुमानित खर्च रु ४ लाख ५५ हजार गरिएको सो कार्यक्रम स्थल पोखरा सभागृह रहेको र ¥याली सभागृह, न्यूरोड, हुदै सृजनाचोक, सीमलचौर जनप्रियमार्ग, एयरपोर्ट, मुस्ताङ्गचोक, पातलेछाँगो डेविजफल, लगायतका ठाँउहरू करिब ३० कि.मि.पार गर्दै पुन सभागृहमा समापन हुनेछ ।
टुर दि फ्रान्सवाट प्रभावित भएर हामीले फ्रान्समा शुरु भएको ¥याली जस्तै करिब १सय १२ वर्ष पछि सुरु गर्दैछौं । सवैको साथ रहेमा आगामी वर्षबाट प्रतियोगितामा कार्यक्रम गर्दै संचालन गर्दै लैजाने कार्यक्रमका संयोजक थापाले वताए ।
साईकलको रुट पर्ने स्थानमा छलफल गरिदै
टुर दि पोखरा मुल आयोजक समितिले साईकलको रुट पर्ने स्थानमा छलफल गरिदै
टुर दि पोखरा मूल आयोजक समितिले साईकलको रुट पर्ने डेभिजफलमा गत बुधवार त्यहाँका सामाजिक संघसंस्थाहरुसंग छलफल चलाएको कार्यक्रमका सदस्य एवम विरौटा क्लवका अध्यक्ष सूर्य प्रसाद वरालले जानकारी दिए । सो छलफलमा गुप्तेश्वर गुफा व्यवस्थापन समितिका विरौटा क्लव, सितलचौतारी आमा समूह, डेमसाईट, क्लवका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।
सहयोग आउनेक्रम जारी
सुन्दर नगरी पोखरामा अन्तराष्ट्रिय साईकल ¥यालीको झल्को दिने गरि संचालन गर्ने लागेको खवर नेपाली नेपालीडटकमबाट तथा कार्यक्रमको प्रचार प्रसारको लागि इभेन्ट पेजबाट थाहा पाएपछि सहयोग आउँन शुरु भएको छ।
कार्यक्रमको सफलता, निरन्तरताको कामना गर्दै हङ्कङ्ग वस्ने सृजना मल्ल श्रेष्ठबाट पाँच हजार रुपैयाँ तथा अमेरिकामा रहेका एसिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्चका नेपालका प्रतिनिधि याम पौडेलबाट एघार हजार एक सय एघार रुपैयाँ सहयोग प्राप्त भएको कार्यक्रमको प्रसार प्रसारण गरिरहेका मुल आयोजक सम्मानित सदस्य मोहन राज बरालले जानकारी दिए ।
टुर दि पोखरा आयोजना गर्ने भने पछि विश्वभर बाट सकारात्मक सन्देशहरु आईरहेको आयोजकले जनाएको छ।