बार्सिलोना/ गैर आबासीय नेपाली संघको युरोपियन क्षेत्रीय उप-संयोजक पदका लागि दीपक खरेलले उमेद्वारी घोषणा गरेका छन्। संघको आगामी अक्टोबर १४ देखि १७ तारिक सम्म काठमाडौमा हुने बिश्वसम्मेलन नजिकिदै गर्दा खरेलले उमेद्वारी घोषणा गरेका हुन्।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान सदस्य समेत रहेका खरेलले अझ थप जिम्मेबार भएर एनआरएनको अभियानमा लाग्नको लागि आँफूले उमेद्वारी घोषणा गरेको बताए। उनि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सँस्थापक कोषाध्यक्ष समेत हुन्।
खरेलले अनलाईनखबर सँग कुराकानी गर्दै भने,” देश बिकासको लागि युरोपबाट सामुहिक लगानीको अबधाराणा ल्याउँन जरुरी छ यसको लागि प्रत्यन्न गर्ने छु। देश पुनर्निमाणमा लाग्न सम्पूर्ण गैर आबासीयहरुलाई प्रेरित गर्न, एनआरएनले तय गर्ने मूल: अभियानमा रहेर साथ दिने पनि खरेलले बताएँ।
दशक अगाडि युरोप आए देखि नै नेपालीहरुको हितमा लागेको बताउँदै उनले एनआरएनको स्थापना पछि पनि यही अभियानमा समय गुजारेकोले, अब झन् थप जिम्मेबारी पूर्ण भूमिका लिन आँफू ईच्छुक भएको सुनाए।
उनले दशौ हजार नेपालीहरु बसोबास गर्ने स्पेनमा अझै पनि राजदुताबास स्थापना हुन नसकेको परिपेक्षमा,एनआरएनको जिम्मेबारी ठाउँमा पुगेर स्पेनका नेपालीहरुको मागलाई पुरा गर्न पनि आँफू लागि पर्ने प्रतिबद्दता ब्यक्त गरे।
अहिले आँफू आईसीसी सदस्य भई रहदा पनि राजदुताबासको माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदा,राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्रमन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुसँगको भेटबार्तामा सहभागि बनेको जानकारी दिएँ। उनले स्पेनबासी नेपाली समुदाय लगायत समग्र युरोपबासी नेपालीहरुको आग्रहमा नै आँफूले उपसंयोजक पदका लागि दावी गरेको बताएका छन्।
एनआरएनहरुको बिश्व सम्मेलन नजिकिदै गर्दा बिभिन्न पदहरुमा उमेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ।उपसंयोजक कै लागि बेल्जियमबाट शिब बरुवालको नाम पनि चर्चामा छ।यस अघि बेलायतबाट पनि युरोप संयोजक पदका लागि थर्क सेनले उमेद्वारी घोषणा गरिसकेका छन्। संयोजकका लागि भने सोम सापकोटा र कुल आचार्यको नाम बढि चर्चामा रहेको छ।