बार्सिलोना/ “सबै नेपालीहरुको खबर”नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिकोत्सव सफलताका साथ बार्सिलोनामा सम्पन्न गरेको छ। ‘शोकलाई शक्तिमा बदलौ देश दुखेको बेला एक पटक गाँउ फर्कौ ‘ भन्ने अभियानका कार्यक्रम सम्पन्न भएको हो।
देशमा पुर्ननिमाणको खाँचो रहेको बताउँदै,युवाहरुलाई केहि महिना वा हप्ताको लागि भए पनि गाँउ फर्कौ,छाप्रा र टहरा बनाउँ भन्ने सन्देश प्रबाह गरिएको थियो।
नेपालीनेपाली डटकमले बिनाशकारी भूकम्प जानु अगाडि,गए पछि र प्रबासका नेपालीहरुले अब गर्नु पर्ने दायित्वलाई समेटेर बिशेष भिडियो प्रदर्शन गर्यो। भिडियोमा समाबेश भएका दृश्यले सबैलाई भाबुक बनायो। कतिले मन थाम्न सकेनन् आँशु बगाए।
तर भिडियोको अन्त्यमा अब देश निर्माणमा जुटौ,परिबर्तन अरुले गरेर हैन,आँफैले गरे मात्र सम्भव छ भन्ने सन्देशलाई स्पेनबासी नेपालीहरुले अर्थ पूर्ण रुपमा हेरेका छन्। भिडियो प्रर्दशन लगत्तै एक मिनेट भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झना गर्दै मौनधारण गरेका थिए।
नेपालीनेपाली डटकमले गाँउ फर्कौ ‘अभियान सहित प्रस्तुत गरेको भिडियो :-