मोहन मुन/
पोखरा/ नेपाल यतिखेर महा-भुकम्पले शोक र पीडामा छ । गत वैशाख १२ गते गएको ७.९ रेक्टरस्केलको ठूलो भुइँचालो र त्यसयता श्रृङ्खलाबद्ध रूपमा आएको पराकम्पनले देशका विभिन्न भागमा ठूलो क्षति पुर्याएको छ ।
देशको यस प्राकृतिक विपत्तिमा विभिन्न संघ सस्था हरु चामल लत्ता कपडा त्रिपाल लिएर राहतको निम्ती जुटेको बेला पोखरा १७ मा रहेको युवा जागरण समूह भने कास्की जिल्लाको बिकट ठाउँमा स्कुल बनाउन त्रिपल,बाँस,भाटा आदी लिएर अस्थाई टहराको निम्ती जुटेको छ् ।
युवा जागरण समूह पोखराले करिब २० जना आफ्नो स्वयंसेवकहरू परिचालन गरेर चापाकोट कास्कीमा पिपल्डारी देउराली प्रा. बि. स्कुल निर्माण गरेको उक्त समूहका अध्यक्ष टिका प्रसाद पौडेलले जानकारी दिए।
महाभुकम्पले तहस नहस भएको उक्त स्कुलको अस्थाई भवन निर्माण अभियानमा स्कुलका शिक्षक आभिवाबकको व्यापक उपस्तिथी रहेको थियो अध्यक्ष पौडेल ले बताए। स्कुलका प्रधानाध्यापक भक्त बहादुर के सीले युवा जागरण समाज पोखराको सहियोगले हामीले बिद्द्यथी निर्धक्क पठन पाठन गर्ने छन् भन्दै धन्यवाद ज्ञापन ब्यक्त गरे।
गत बैशाख १२ गते गोर्खा केन्द्र बिन्दु बनाएर गएको भुकम्पबाट धाईते भएर पोखरा १७ ज्योति भि.डि. सि. मा रहेका गोर्खा लाप्राक,बार्पाकका करिब ७३ जना लाई सो समूहले खाजा ,सर सफाई र लुगाफाटामा सहयोगा गर्दै आएको छ।यसरी राहतको लागी जुटेको उक्त समुह कास्की जिल्लाको भाचोक गा.बि. स. वडा नं ६ स्थित श्री दिपेन्द्र प्रा .बि. मा क्षतिविक्षत भएको उक्त स्कुलमा आफ्ना करिब १७ जना स्वयंसेवक सहित अस्थाई टहरा बनाईरहेको जानकारी दिए।