मृगौला पीडितलाई अमेरिकीबासी नेपालीको सहयोग


राजाराम पौडेल/पोखरा

पोखरा रानीपौवा निवासी मृगौला पीडित सुवाष परियारको उपचारको लागी अमेरिकाको न्युयोर्कमा बसोबास गरीरहेका रविनराज वजा्रचार्यको पहलमा ९६ हजार ५ सय संकलन  भएको छ ।

उक्त्त संकलित रकम मृगौला रोगबाट पिडित सुवाष परियार र उनकी आमा रुपा परियारलाई  सयुक्त्त रुपमा नेपालय पाक्षिकका सह. सम्पादक मनोहरि पौडेलले हस्तान्त्रण गर्नुभएको थियो ।

दुवै मृगौलाले काम गर्न छाडे पछि हाल डायलोसिस गरीरहेका परीयारको उपचारमा सयोग पुगोस भन्ने हेतुले तथा एक नेपालीले अर्को नेपालीलाई भौगोलिक हिसावले जति टाडा रहेता पनि सहयोग गनुपर्छ भन्ने भावनाले रकम संकलन गरेको रविनराज वज्राचार्यले बताउनुभयो ।

परियारको उपचारमा सहयोग गर्ने महानुभावहरुमा वज्राचार्यकी श्रीमती शर्मिला शाक्यले १०० अमेरीकि डलर त्यसैगरी गोप्य सयोग बाट १००, प्रकास बस्नेत ५१, नविन शेरचन ५१, प्रशन्न सग्रौला ५१, विश्व वि शांह ५०, केशव पौडेल ५०, श्याम श्रेष्ठ ५०, तिलक श्रेष्ठ ५०, विष्णुमान प्रधान ३०, राम प्रसाद खरेल ३०,  बिनिता नकर्मी २५, बिजयमान सिह २५, रोशन महर्जन २५, सन्तोष महर्जन २५, मेगा सिह अधिकारी २५, टेम्वा शेर्पा २०, कुन्ती थापा २०, रुद्रमान राना २०, सन्जीव श्रेष्ठ २०, बिदुर बिष्ट २०, मिलन कुमार शाही २०, सतेन्द्र शाह २०, हरीसचन्द्र हमाल २०, कृष्ण पोखरेल २०, विष्णु पौडेल २०, धमेन्द्र गोपाली २०, विनिता कट्टेल १०, योगेश अडि १०, गरी जम्मा ९७८  अमेरिकी डलर (रु. ९६,५००) संकलन  भएको थियो ।