लण्डन /
गत सोमबार ताप्लेजुङको सदुरमुकाम फुङलिङमा भएको भीषण आगलागीमा परी विचल्लितमा परेकाहरुका लागि लण्डनमा सहयोग संकलन गरिने भएको छ । पीडितलाई मानवीय सहयोग उपलब्ध गराउन प्रवासी नेपाली मञ्चले लण्डनबासी नेपालीमााझ आग्रह गरेको छ ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, फुङलिङ आगलागीले निम्त्याएको विपत्तीले सबै नेपालीको मन कुाडिएको छ, जुनसुकै ठाउामा रहे पनि नेपालीको पीडामा मलहम लगाउनु सबैको कर्तव्य हो । यस्तो अवस्थामा जात पात छुटाउनुभन्दा पनि सहयोगको हात अघि बढाउनु पर्छ । यही नै हाम्रो सामाजिक सद्भावको अमूल्य निधि हो, विज्ञप्तिमा उल्लेख छ ।
फुङलिङको पीडामा महलम लगाउन चाहनेहरुका लागि बेलायतमा बारसाइकल्स बैंक तथा नेपालमा प्रभु बैंकमा खोलिएको खातामा सोझै सहयोग रकम जम्मा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
रामशरण आरएस सिम्खडाको नाममा रहेको बारसाइकल्स बैंकमा एस/सी नम्बर ६०१२१११८, एस/सीः २०-१६-९९ तथा नेपालमा तेजप्रकाश खरेलको नाममा रहेको प्रभु बैंकको ००१०१००००२६५१४०००००१ मा रकम जम्मा गर्न सकिने छ ।