एमाले–माओवादी निर्वाचन घोषणापत्र मस्यौदा तयार


काठमाडौं  – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।

मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध र एमालेले अंगीकार गर्दे आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ ।

 

दुई पार्टीको संयुक्त कार्यदलले तयार पारेरे अन्तिम रुप दिन बाँकी संयुक्त चुनावी घोषणापत्रमा आर्थिक कूटनीतिसँगै परराष्ट्र नीतिलाई स्वतन्त्र राखिने उल्लेख छ । मस्यौदालाई दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन सउमितिले अन्तिम रुप दिएपछि दिएपछि घोषणापत्रका रुपमा सार्वजनिक गरिनेछ । आजको राजधानी दैनिकमा खबर छ ।