कोपनहेगन, डेनमार्क । नेपालमा हुने आम चुनावमा प्रवासीहरुको पनि नाम हुनु पर्छ भन्ने माग राखी केहि दिन अगाडी डेनमार्कमा क्रियाशील नेपाली संघ संस्थाहरु एन आर एन सहित राजनीतिक दलहरुका भात्रु संस्थाका अध्यक्षहरु सहितको टोलीले नेपाली दुतावास समक्ष ज्ञापन पत्र दिन गएको थियो । जसको उद्धेश्य दुतावास मार्फत नेपाल सरकार समक्ष प्रावासी नेपालीहरुको नाम मतदातावालीमा नाम समावेश गरियोस भन्ने थियो । उक्त कदम उचित रहे पनि प्रावाधीक रुपमा ठाने जस्तो सजिलो पक्कै छैन मतदाता नामावलीमा नाम समावेश गर्न ।
एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटाले भने अनुसार मतदाता नामावलीमा नाम हुनु देशको नागरिक संसारमा जहाँ भए अधिकार हो । काम खोज्न र पढ्न पो विदेश आइयो त आखिर देश त आफ्नै हो नि भन्दै उनले यो माग पुरा हर्दा नेपाल सरकारको केहि व्यय भार पनि नपर्ने बताए । यसै गरी जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष राम चन्द्र पाठकका अनुसार नेपाल जस्तो प्रजातान्त्रिक देशमा हुनु पर्ने व्यवहार अनुसारको माग नै आफुहरुको रहेको बताए । यसैगरी एन. डी. एफ.का अध्यक्ष कृष्ण पौडेलले भने अनुसार यो कुनै पूर्वाग्रह सहितको तथा कुनै पार्टी विशेषको माग मात्र नभई सबै नेपालीहरुको चाहना अनुसारको माग हो । नेपाली जनप्रगतिशील मंच डेनमार्कका अध्यक्ष गणेश ढकालका अनुसार विदेसिएका नेपालीहरु आफना उम्मेदवार चुन्न सक्षम छन् त्यसकारण नाम समावेश हुनु पर्नेमा उनको जोड थियो ।
ज्ञापन पत्र बुझ्दै डेनमार्कका लागी राजदुत मुक्तिनाथ भट्टले माग निकै सकारात्मक र जायज पनि रहेकोले यसमा आफनो राय-सल्लाह सहित नेपाल सरकार र यसका सम्बन्धित निकाय समक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । डेनमार्कबाट शुरु गरिएको यस प्रयास अन्य देशमा पनि गरियो भने थप बल पुग्ने विश्वास पनि राजदुत भट्टले व्यक्त गरेका थिए ।
झट्ट हेर्दा माग उचित हो । नेपालमा सरकारले नामावली आवधीक गर्ने क्रममा समय समयमा नयाँ मतदाताहरुको नाम समावेश गर्ने क्रममा पुराना नामावली हरुको पनि आवधीक गर्ने क्रममा पुराना नाम भएका व्यक्ति नेपालमा नरहेको खण्डमा नाम हटाइने प्रावधान रहेकोले हाल प्रवासमा रहेका धेरै व्यक्तिहरुको नाम हालको मतदाता नामावलीमा छैन । नाम लेकाउनकै लागि नेपाल यात्रा गर्नु पनि खर्चिलो हुने भएकोले कमाइ गरी खाने नेपाली हरुका लागि त्यो पनि गारो सारो हुने नै भयो । प्रवासमा रहँदै गर्दा नाम समावेश भएको खण्डमा नेपालमा निर्वाचन हुने बेलामा गएको खण्डमा भोट हाल्न पाइने सुविधा भएको खण्डमा भने धेरै नेपालीहरु जान सक्ने पनि देखिन्छ । यसको अर्थ विदेसिएको वर्षौं हुँदा पनि नेपालमा रहेका घर परिवार तथा आफनो देश संगको सम्बन्ध रहिरहोस भन्ने हेतुले पनि प्रवासमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीमा समावेश हुनु जरुरी पनि देखिन्छ । नेपालमा आम चुनाव भएको समयमा छुट्टी मिलाएर नेपालीहरु जान सक्ने देखिन्छ ।