स्पेनको परिवर्तित नियम र कानुनको बारे जनसम्पर्क समितिले अन्तर्किया गर्ने


– बसन्त रानाभाट
बार्सिलोना /
नेपाली जनसम्पर्क समिती स्पेनले नेपाली समुदाय माझ स्पेनको परिवर्तित नियम र कानुनको बारेमा जानकारी गराउने भएको छ। स्पेन स्थित कानुन ब्यबसायी ( अधिबक्ता) को उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समुदाय माझ उपयोगी सुचना प्रबाह गर्न लागेको हो।

अबैधानिक रुपमा रहेका नेपालीहरुलाई बैधानिक बन्ने प्रक्रिया अन्तर्गत भएका फेरबदल,परिबार पुनर्मिलन लगायत स्पेनको परिवर्तित नियम बारे सबैलाई जानकारी होस् भन्ने उदेश्यले कार्यक्रम गर्न लागेको समितिले जनाएको छ।

समितिका अध्यक्ष शालिकराम डुम्रेले गत बर्ष गरेको कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिन लागेको बताएका छन्। उनले नेपालीनेपाली डटकमलाई भने “अप्रिल महिना भित्र कार्यक्रम गर्ने निर्णय गरेका छौ तर अझै अगाडि सम्पन्न गर्ने कोशिस गर्छौ, बेला बखतमा नियम प्रक्रिया परिबर्तन हुने हुदा अहिलेको अबस्थाको बारेमा अधिबक्तासँग छलफल गर्दै नेपाली समुदायलाई जानकारी गराउने छौ।”

सोमबार बार्सिलोनामा बसेको नियमित बैठकले नेपाली नयाँ बर्ष २०७२ को उपलक्ष्यमा आयोजना गर्न लागेको शुभकामना तथा साँस्कृतिक कार्यक्रम तयारीका लागि उपाध्यक्ष बिष्णु रिजाललाई संयोजकको जिम्मेबारी दिएको छ। कार्यसमितिका सबै सदस्यहरु रहने गरि बनेको तयारी समितिमा, साँस्कृतिक कार्यक्रमको लागि सुबास बहादुर बिष्ट,हल ब्यबस्थापनमा एकराज गिरी,मंच तथा स्वयंसेवक तर्फ हिरालाल सापकोटा ( डायमण्ड), खानपिनमा इन्द्र प्रसाद शर्मा र प्राबिधिक तर्फ उमेश प्रसाद अधिकारीलाई जिम्मेबारी दिएको छ।

बैठकले पत्रकार बसन्त रानाभाटलाई अनलाईनखबर डटकमले स्पेन प्रतिनिधिको रुपमा जिम्मेबारी दिएकोमा सत्यतथ्य समाचार सम्प्रेषण गर्न उत्साहित गर्दै बधाई तथा शुभकामना प्रकट गरेको छ। यस्तै राजदुताबास स्थापनाको माग गर्दै नेपाल पुगेर सरकारलाई ज्ञापनपत्र बुझाउन सफल भएकोमा समितिका पुर्ब अध्यक्ष एकराज गिरी,सह महामन्त्री प्रकाश भट्टराई र पुर्ब सदस्य सन्दिप मोहोन भट्टराईलाई कृतज्ञता ब्यक्त गर्दै धन्यबाद ज्ञापन गरेको छ।

डुम्रेको अध्यक्षता बसेको नियमित वैठकले बार्सिलोनामा मगर समाज स्पेनको अधिबेशन सम्पन्न भएकोमा शुभकामना दिदै समितिका सदस्य राजु थापा उपाध्यक्ष पदमा नियुक्त भएकोमा बधाई दिएको छ।