यूएई/कास्की आदर्श सेवा समाज, युएर्इले पोखराका वृद्धवृद्धाहरूलार्इ सहयोग गर्ने भएको छ । दुवर्इ स्तिथ मेट्रो पार्कमा संस्थाका अध्यक्ष गुप्त शेखर पौडेलको अध्यक्षतामा बसेको कास्की आदर्श सेवा समाज, युएर्इको मार्च महिनाको मासिक बैठकले कास्की जिल्लामा रहेका वृद्धवृद्धाहरूहरूलार्इ सहयोग प्रदान गर्ने निर्णय गरेको केदार कुँवरले जनाए ।
वृद्धवृद्धाहरूहरूको सहयोगका लागि समाजका संरक्षक कृष्णबहादुर ढकालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा मनोजकुमार सैंजु र केदार कुँवर सदस्य छन् ।
यस्तै, बैठकमा संस्थाको प्रथम वार्षिकोत्सव तथा साधारणसभा आगामी मे १५, शुक्रवार गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा छलफलका क्रममा सम्बन्धित विषयमा आफ्नो बिचार राख्दै सल्लाहार संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले कास्की जिल्लाबाट कामको सिलसिलामा युएर्इमा छरिएर रहेका कास्केलीहरूलार्इ हातेमालोका लागि अपिल गरेका छन् ।