पोखरा/
निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा बन्दलाई सधैंका लागि अन्त्य गर्न शान्ति ¥याली गरिने भएको छ । संघको अगुवाइमा शुक्रबार बसेको विभिन्न क्षेत्रका व्यवसायीहरुको संयुक्त भेलाले बन्दको बिरोधमा शान्ति ¥याली आयोजना गर्ने निर्णय गरेको हो ।
आइतबार बिहान ८ बजे पोखरा उद्योग वाणिज्य संघको हल गैह्रापाटनबाट ¥याली शुरु हुनेछ । ¥याली पोखराका मुख्य स्थानहरु महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक, न्यूरोड परिक्रमा गरी मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत हुनेछ ।
‘बन्दलाई सधैंका लागि बन्द गरौं’ भन्ने नाराका साथ ¥याली आयोजना गरिएको संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । ‘बन्दले निजी क्षेत्रलगायत सम्पूर्ण सर्बसाधरण जनतालाई नकारात्मक प्रभाव पारेको छ,’ अध्यक्ष थापाले भने, ‘बन्दकै कारण पर्यटन व्यवसायमा पनि निकै असर परेको छ ।’
बिगतमा राजनीतिक दलहरुले बन्द नगर्ने प्रतिबद्धता गरेको स्मरण गर्दै थापाले दलहरुले बन्दको विकल्प खोज्नुपर्ने भनाइ राखे । बन्दका कारणले दैनिक राज्यले एक अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको बताउँदै थापाले बन्दको बिरुद्धमा निजी क्षेत्र सधैं उभिने भनाइ राखे ।
उनले ¥यालीमा सहभागी हुनका लागि पोखराका सम्पूर्ण व्यवसायिक संस्था तथा आम नागरिकलाई अनुरोधसमेत गरेका छन् ।छलफल कार्यक्रममा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले पर्यटन व्यवसायी सधैं बन्दको विरुद्धमा रहेको बताए । ‘बन्दका कारण पर्यटन व्यवसाय निकै प्रभावित भएको छ,’ उनले भने, ‘बन्दलाई अन्त्य नगरेसम्म व्यवसाय फस्टाउन सक्दैन ।’
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सवनम शर्माले बन्दका समयमा खुलेका व्यवसायिक प्रतिष्ठान, उद्योग, व्यवसाय, शैक्षिक क्षेत्रलगायत सबैलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताइन् । बन्दलाई निरुत्साहित गर्न प्रचारात्मक कार्यक्रम गर्न सकिने उनको भनाइ छ ।
गण्डकी धौलागिरि सार्वजनिक यातायात व्यवसाय समन्वय समितिका महासचिव गोकर्ण कार्कीले बन्दका कारण यातायात व्यवसायी निकै मारमा परेको बताए । तोडफोड हुने डरले बन्दका समयमा यातायात सञ्चालन गर्न सक्ने वातावरण बन्न नसकेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए ।