लेखनाथ/
लेखनाथको कर्णाली बस्तीका रुपमा परिचित लेखनाथ १० खोलाबेसीमा नगरपालिका घोषणा भएको १८ वर्ष पछाडि पहिलो पटक मोटर पुगेको छ । यही माघ एक गतेदेखि मोटर सञ्चालनमा आएको हो । १८ वर्षपछि मोटर पुग्दा गाउलेहरुले कृषिजन्य उपजले वजार पाउने आशा गरेका छन ।
बिहीबार गाउमा मोटर पुगेपछि गाउलेहरुले हर्षोउल्लासका साथ मोटर चालक र सहचालकलाई सम्मान गरेका थिए । बेगनासताल देखि तालवेसी हुदै खोलाबेसी सम्म पहिलो पटक बेगनासताल बस सञ्चालक समितिबाट सञ्चालित बस अवदेखि खोलावेसी सम्म पुग्ने भएको छ ।
बिहीबार पहिलो पटक मोटर लैजाने ना ४ ख ८७१९ नम्वरका बस चालक लक्ष्मण नेपाली र सहचालक प्रकाश नेपालीलाई स्थानियबासीले अबिरजात्रा सहित स्वागत गरेका हुन ।
उक्त कार्यक्रममा चालक लक्ष्मण नेपालीले पहिलोपटक आफुहरुले गाउ सम्म मोटर सञ्चालन गर्न पाउदा खुसी लागेको वताउदै गाउलेहरुको सेवा सुविधाका लागी मोटर सञ्चालनले ठूलो टेवा पुग्ने वताए ।
खोलाबेसी टोल बिकास संस्थाका कार्यबाहक अध्यक्ष शंकर सुवेदीले लेखनाथकै कर्णाली बस्तीका रुपमा परिचत बेगनासताल बस सञ्चालक समितिको पहलमा पहिलो पटक आफ्नो गाउमा यातायात सुविधा सञ्चालन गरिदिएकोमा धन्यवाद ब्यक्त गरे ।
गाउ सम्म मोटर ल्याउन सहयोग गर्ने लेखनाथ नगरपालिका र बेगनासताल बस सञ्चालक समितिका अध्यक्ष बुद्धि बास्तोलालाई उनले आभार ब्यक्त गरे । स्थानिय नवज्योति प्राथमिक विद्यालयका प्रध्यानाध्यापक बलराम बरालले गाउमा मोटर सञ्चालन भएपछि गाउमा उत्पादित कृषिजन्य बस्तुले सहज रुपमा बजार पाउने हुदा स्थानियको आर्थिक अवस्थामा सुधार आउने आशा ब्यक्त गरे ।
तालबेसी खोलावेसी मोटरबाटो निर्माण समितिका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खोलाबेसी टोल बिकास संस्थाका सचिव कृष्ण आचार्यले गरेका थिए ।
कृषिलाईनै प्रमुख पेशा बनाएर पशुपालन र तरकारीखेती तथा फलफुलखेती गरिरहेका स्थानियले अव आफ्नो ठाउमा उत्पादित बस्तुलाई सजिलै बजार सम्म लैजाने र बजारबाट सजिलै रुपमा मल तथा बीउहरु गाउ सम्म ल्याउन सक्ने भएपछि गाउलेहरुमा खुसीयाली छाएको छ ।
गतवर्ष लेखनाथ नगरपालिकाको ५ लाख र वडा नम्बर १० ले बिनियोजन गरेको १ लाख गरी कुल ६ लाखको लागतमा निर्माण शुरु गरिएको मोटरबाटाले यसवर्ष स्थानियको चन्दा, जनश्रमदान २ लाख र नगरपालिकाको १ लाख रुपैयाबाट पूर्णता पाएको हो ।