– हेमन्त रानाभाट
हत्केलाले सुर्य छेकिन्छ कहाँ
दुई मुठी माटोले बाटो मेटिन्छ कहाँ।
सत्य आफैमा हुनुपर्छ,
सत्यताका सहयात्री अझै भेटिन्छन यहाँ।।
आफ्नो मात्र स्वार्थ पुरा गर्नेहरु,
सज्जनताको भ्रम छर्नेहरु।
असली रुप तिम्रो बाहिर आउने छ,
कतृत तिम्रा गित बनाई गाइनेले गाउने छ।
बैसाखीमा दौडनेले जित्छ कहाँ,
स्वाभिमानी नेपाली बिक्छ कहाँ।
क्षमता आफुमा हुनुपर्छ,
जति किला ठोके पनि पैतालामा झिकिन्छ यहाँ ।।
– रचनाकार एनआरएनए स्पेनका कोषाध्यक्ष हुन्।






wow Very nice dai,,
Comments are closed.