– बसन्त रानाभाट
बार्सिलोना/
नेपाली राजदुताबास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् स्पेनले हस्ताक्षर संकलन गर्न थालेको छ।
दबाब स्वरूप नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने समेत तयारी गरेको संघले स्पेन भरी रहेका नेपालीहरुको हस्ताक्षर संकलन गर्न लागेको हो।
संघले बार्सिलोनामा रहेका राजीतिनिक,जातीय,क्षेत्रीय गरि सबै संघ सस्थाहरुलाई अनुरोध गर्दै हस्ताक्षर संकलन गर्ने कागजहरु बितरण गरेको जनाएको छ। यस्तै म्याड्रिड तथा ग्रान क्यानारिया स्थित संघका क्षेत्रीय समितिहरु, आलिकान्ते -बेनिड्रोमका नेपाली संघसस्था,पाईसभास्को लगायतका ठाउहरूबाट हस्ताक्षर संकलन कार्य जारी रहेको जनाएको छ।
संघले हस्ताक्षर संकलन गर्नको लागि संयोजकको जिम्मेबारी सचिब कृष्ण हरि कडेललाई दिएको छ। संकलित हस्ताक्षरको साथ जनवरी महिना भित्र नै नेपाल पुगेर सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
सबै मिलेर पहल गर्ने हो दबाब सकेको ठाउबाट दिने हो संघका अध्यक्ष एक राज गिरीले नेपाली नेपाली डटकमलाई भने “निकै आशाबादी भएर डेलिकेसन जादै छौ ,आशा गरौ केहि होला भन्ने। काम नै नगरी सफलता त कसरी मिल्छ र ? गर्दै जाउ सहयोग गर्नेहरुले सहयोग गर्छन् र गरेका पनि छन् तर बिरोध गर्नेले बिरोध गर्न छाड्दैन्।”
स्पेनमा करिब ८ हजार नेपालीहरुको बसाई रहेको अनुमान छ । तर राजदूताबास नभएकै कारण स्पेनबासी नेपालीहरुले धेरै सास्ती खेपेका छन्।
स्पेनलाई पनि फ्रान्सस्थित नेपाली दूतावासले हेर्दै आएको छ। पोर्चुगल, ग्रीसलगायतका अन्य मुलुकलाई पनि हेर्नुपर्ने हुँदा दूतावासले स्पेनका नेपालीहरुका समस्यालाई सम्बोधन गर्न सकेको छैन।








1 jana manchhele nrn jasto ra sath sathai aru kohi sasthama rahera pani dherai ko paisa khayeko ra mero paisa pani khayeko chha tyo byakti yehi photoma ni dekhe ra tero paisa yeti ho vanera thora rakam bhanne diye yeti dinchhu natra dinna vanchha blackmail garna khojchha tesko aukat kasari vo samajik sasthama basne nyayako apechha gardachhu turunta
kosis garnu ta ramro ho , ta ra kosis ko had lamo bhayo , khai kahile ho , kam hune ¿¿¿¿¿
Comments are closed.