बिकासराज न्यौपाने,
टेक्सास -नेपाली जनसम्पर्क समिति अमेरिकाको चुनाब सम्पन्न भएको छ । शनिबार देखि सुरु भएको अधिवेशनको आईतबार मध्यान्ह सुरु भएको मतदान सांझ ६ बजे सम्पन्न भएको हो ।
कुल ९३५ मतदाता रहेको समितिको अधिवेशनमा ५१४ ले मतदान गरेका छन् । महासमिति सदस्य आनन्द बिष्ट, बर्तमान संयोजक बिष्णु सुबेदी र डाक्टर अर्जुन बन्जाडे अध्यक्षको प्रत्यासीको रुपमा रहेको भए पनि बिष्ट र सुबेदी बिच नै कडा प्रतिष्प्रधा हुने आंकलन गरिएको छ । बिष्ट र सुबेदी प्यानलनै बनाएर चुनाबमा भाग लिएका छन् भने बन्जाडले भने अध्यक्ष र बरिष्ठ उपाध्यक्षमा मात्र उम्मेदवारी दिएका छन् । निर्बाचन आयुक्त चन्द्रशेखर यादबका अनुसार सौहार्दपुर्ण रुपमा चुनाब सम्पन्न भएको र आजै अबेर सम्म मतपरिणाम निस्कने जनाइएको छ ।