पोखरा/पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको आयोजनामा एकल अन्तरािष्ट्रय फोटो प्रदर्शनी कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
पोखरा फोटो ग्राफर संघका आजिवन सदस्य भक्त तामा·ले विभिन्न देशमा खिचेका जनजिविका र पर्यावरण सवन्धिका करिव तीन सय फोटाहरु प्रदर्शनहरु गरिएको थियो ।
दुई दिन सम्म चलेको उक्त फोटो प्रदर्शनीमा प्रदर्शन गर्नेको घुईचो लागेको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा फोटो ग्राफर संघ पोखरा नेपालका संरक्षक गणेश छविले यो प्रदर्शनीले फोटो ग्राफी पेशमा लाग्नेहरुलाई प्रेरणा मिलेको बताए । कार्यक्रममा प्रदर्शनीका क्रममा वचेको रकम सात हजार सात सय ७७ रुपैया वाल सुधार गृह सराङकोटलाई सहयोग गरिएको थियो ।
कार्यक्रममा लोक गायिका हरिदेवि कोइराला, पोखरा फोटोग्राफर संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेल, सल्लाहकारद्धय माधवप्रसाद मिश्र, जयन्द्र राजभण्डारी, कार्यक्रम संयोजक महेन्द्रराज बराल, वाल सुधार गृह सराङकोटका प्रदिप पराजुलीले बोलेका थिए ।पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष रविप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष सुके घलेले स्वागत र सचिव रविमोहन दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।




