पोखरा /
पोेखराको रामबजार यतिबेला दुलहीझैँ सिँगारिएको छ । कार्तिक १ गतेदेखि ४ गतेसम्म आयोजना गरिएको रामबजार स्वर्ण महोत्सवको पूर्व तयारीमा रामबजारका युवाहरु यतिबेला रामबजारलाई दुलहीघरजस्तै सिँगार्न लागि परेका छन् । रामवजार वरपरका सडक रड्गयाउने, वजारै ढपक्कै हुने गरी लाइटहरु राख्ने काम तीव्र गतिमा भइरहेको रामबजार युथ क्लबका अध्यक्ष तिलक गुरुडले बताउनुभयो ।
महोत्सवमा लोक दोहोरी गीत, देउसी भैलो प्रतियोगिता,लोक नृत्य प्रतियोगिता, विविध सांस्कृतिक, जातीय झाँकीको प्रस्तुतिको सार्थ निमा रुम्वा, सवीन राई सिने गुरुड लगायत पोखराका स्थानीय व्याण्डबाट सुगम संगीतको प्रस्तुति रहनेछ ।
महोत्सवमा करिव तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने प्रवेश निशुल्क रहेको उपाध्यक्ष वीरेन्द्र पुनले बताउनुभयो ।