मनु क्षेत्री
आमा मेरी बस्दै होलिन दिन गनी, गनी।
मूल बाटोमै नजरहोला छोरो आउछ भनि।।
गोरेटोमा नौलो मान्छे परै देखे पनि।
खुसि होलिन मेरी आमा मेरै छोरो भनि।।
प्रदेश बाट छोरो आउने आसा मनमा पालि।
जमरानि राखिन होला साझमा दियो बालि।।
आगनिको डिलमा निस्की बाटो तिर हेर्दै।
कहिले आउला भन्दै होलिन लामो सास फेर्दै।।
पाइन आमा आउन मैले यो दशैमा कसै गरि।
नझार्नु है आशु आमा पर्खाइमा बाटो हेरी।।
यो सालमा यस्तै भयो, अर्को सालमा आउला आमा।
तिम्रै हातको रातो टिका, जमरा नि लाउला आमा।।
मन दुखि पारि आमा नबस्नु है आशु बगाई।
आशिस दिनु आमा मलाइ तस्बिरमा टिका लगाई।।
आशिस दिनु आमा मलाइ तस्बिरमा टिका लगाई।।






प्रदेशी छोरो!!!!!!
Wa nice1 broda
Comments are closed.