लम्बिदो संक्रमणकालीन अवस्थामा सबै पक्ष सचेत बन्नु पर्नेमा प्रधानको जोड सञ्जालको संयोजकमा सुवेदी चयन


पोखरा, भदौ ३०

राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधानले लम्बिदै गएको संक्रमणकालीन अवस्थामा सम्पूर्ण पक्ष सचेत बन्नुपर्ने बताउनु भएको छ ।उहाँले संक्रमणकालीन अवस्थामा गलत पक्षले चलखेल गर्ने मौका पाउने भएकोले यसप्रति राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज लगायतका सम्पूर्ण पक्ष सजक रहनु पर्ने बताउनुभयो ।

शान्तिका लागि नागरिक समाजको सञ्जालको आज पोखरामा भएको ११ औं साधारणसभाको उद्घाटनका क्रममा बोल्दै आयुक्त प्रधानले लोकतन्त्रको उपलब्धीलाई संस्थागत विकास र राष्ट्रिय एजेण्डामा सबै राजनीतिक दलहरुलाई एकजुट बनाउन नागरिक समाजले निरन्तर खबरदारी गर्नु पर्नेमा जोड दिनुभयो ।

यसैबीच संजालको साधारणसभाले रामप्रसाद सुवेदीको संयोजकत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सह–संयोजकमा सरलाकुमारी पाण्डे, महासचिवमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल, सचिवमा जानकी शर्मा, कोषाध्यक्षमा ढाकाराम पौडेल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा पुण्य पौडेल, कमलप्रसाद अर्याल, कुश्मराज आचार्य, दुर्गाबहादुर सुनार, राज क्षेत्री, विजया सुवेदी, रामचन्द्र पौडेल, अञ्जना केसी, रामकृष्ण ज्ञवाली, सरीता थापा, राजेश पराजुली, टेकनाथ बराल, नवदत्त ढुङ्गाना, रामप्रसाद घिमिरे, खगराज आचार्य, सुरेन्द्र थापामगर, विष्णु बराल, तिलक आचार्य रहेका छन् ।

सञ्जालको आज नै बसेको पहिलो बैठकले सचिवालय इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा राख्ने निर्णय समेत गरेको छ ।