पोखरा, २९ भदौ
प्रेस चौतारी पत्रकारिता पुरष्कार २०६९ बाट अग्रज पत्रकार बद्रीविनोद प्रतीकलाई शनिबार पोखरामा सम्मान गरिएको छ ।
नेपालको प्रेस स्वतन्त्रता, प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान र प्रेस चौतारीको संस्थागत विकासमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरष्कारबाट प्रतीकलाई सम्मान गरिएको हो ।प्रतीकलाई नेकपा एमालेका उपाध्यक्ष भीम रावल र प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले संयुक्त रुपमा सम्मानगर्नु भएको हो । पुरष्कारको राशी ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र रहेको छ ।
विगत चार दशकदेखि पत्रकारितामा क्रियासिल प्रतिकले पोखराको आव्हान साप्ताहिक र काठमाडौैको मातृभूमि साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएको हो ।प्रतिकले सगरमाथा दैनिक, जनआस्था साप्ताहिक, एभरेष्ट हेराल्ड अंग्रेजी दैनिक पत्रिकामा काम गर्नुभएको थियो भने पोखराबाट प्रकाशित पोखरा हटलाइन र हिमदुत दैनिकमा सम्पादक भएर काम गरिसक्नुभएको छ ।कास्कीको थुम्की गाविस वडा नम्बर ३ मा जन्मनु भएका प्रतिक नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति, पत्रकार महासंघ कास्कीको निवर्तमान अध्यक्ष र प्रेस चौतारी कास्कीका संस्थापक सदस्य हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष रावलले लोकतान्त्रिक आन्दोलनमा प्रेसको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रेसमा अक्नुस लगाउन कार्य कसैलाई पनि स्वीकार्य नहुने बताउनुभयो ।अन्तरीम कानुनले मात्र देश चल्न नसक्ने बताउँदै स्थायी संविधान तोकिएको समयमा जारी गर्न दलहरु लागि परेको बताउनुभयो ।
प्रेस चैतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले नयाँ संधिवानमाघ ८ गते जारी गर्न दलहरुलाई प्रेसले दवाव दिनुपर्ने बताउनुभयो ।सम्मानित व्यक्ति प्रतीले पुरष्कारले आफुले जिम्मेवारी थपेको बताउँदै पत्रकारिता क्षेत्रमा अझै क्रियासिल हुन ऊर्जा थपेको बतायनुभयो ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद् रविन्द्र अधिकारीले पत्रकारिताको बिकाससँगै चुनौति थपिएको बताउँदै सक्षम भएर लाग्न आग्रह गर्नुभयो ।
प्रेस चौतारीका उपाध्यक्ष शान्ति गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रतिभा छनोट समितिका संयोजक नवराज सुवेदीले अग्रजको सम्मानले युवाहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष अधिकारी र कार्यक्रम संचालन सचिव माधव बरालले गर्नुभएको थियो ।
प्रेस चौतारी पत्रकारिता पुरष्कारबाट यसअघि अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदी, प्रेस चौतारीका पुर्व अध्यक्षहरु रुद्रबहादुर थापा र हरि बाँस्तोला सम्मानित भइसक्नु भएको छ ।