पोखरा, २९ भदौ ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले देशको विकास गर्न र स्थायी राजनीतिको लागि सबैलाई समेटेर बन्ने राम्रो संविधान अनिवार्य भएकोले सवै पार्टीहरु राजनीति स्वार्थभन्दा माथि उठी लाग्न आग्रह गरेका छन् ।
हिमाल पहाड तराई सबैलाई समेट्न सक्ने र राज्यले धान्न सकिने साझा पहिचान सहित बहुनाम गरेको प्रदेशको पक्षमा पार्टी रहेकोले संविधानसभा भन्दा बाहिर रहेका सबैले दवावमूलक रचनात्मक कृयाकलाप गर्नुपर्ने बताए । क्षत्री समाज नेपालका केन्द्रीय पदाधिकारीहरुसँग भएको छलफल कार्यक्रममा उपाध्यक्ष रावलले देशको पहिचान मेटिने पहिचान मेटिएको देशभित्र आफ्नो पहिचान कहिल्यै सम्भव नभएकोले सबै सहमतिमा आई तोकिएको समयभित्र संविधान जारी हुने अन्यथा प्रकृयाबाट नै संविधान जारी गरिने बताए । विदेशी चलखेलबाट देशलाई बचाउन संविधान अनिवार्य रहेको रावलले बताए ।
आफूले सधैं राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आएको र एकथोपा रगत रहेसम्म कोहीसँग नझुकी एकल जातियताको नाममा देशलाई टुक्र्याउन नदिने र यसमा सबै लाग्नुपर्ने बताउँदै डलरको भरमा राष्ट्रिय झण्डा, राष्ट्रिय अखण्डता खलबल्याउने कार्यको चलखेल भएकोले यसप्रति सचेत र चनाखो बन्नुपर्ने बताए । सबै पार्टीको मुख्य काम संविधान निर्मण भएकोले निहित स्वार्थको लागि गुट बनाई लाग्न नहुने र देश विकास गर्न साझा सवाल बनाई सबै एक भई देशलाई जोगाए मात्र नेपालीको अस्तित्व रहने हुँदा क्षत्री समाज बाहिरी शक्तिको िरुपमा रहन सक्नुपर्ने र क्षत्री िजाति अन्य नरहेकोमा आफू अडिग रहेको बताए ।
सो कार्यक्रममा समाजले अघि सारेको १६ बुँदे मागलाई सुनाइएको थियो । क्षत्री समाजले राष्ट्रिय अखण्ड र जातिय सद्भाव निम्ति आन्दोलन स्वरुप जेष्ठ ६ गते राष्ट्रपति, प्रधानमन्त्री, सम्पूर्ण राजनैतिक दलका प्रमुख, सभामुख, संवैधानिक निकाय प्रमुखहरुलाई माग राखीएको र भाद्र २३ गते ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई मागपत्र राखिएको पूर्व केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षत्रीले बताए ।
सो मागलाई वेवास्ता गरिए सबै जातजातिलाई समेटी संयुक्त आन्दोलनका लागि क्षत्री समाजकै नेतृत्वमा संयुक्त संघर्ष समितिको गठन भैसकेकोले संविधान जारी गर्न सडकबाटै दवावमुलक कार्यक्रमलाई देशव्यापी आन्दोलन गरिने महासचिव रोम बहादुर कार्कीले बताए ।