पोखरा, भदौं १८
ट्रेकिङ इक्युप्मेण्ट सप एशोसिएसन (टेसा) पोखराको सोमबार सम्पन्न १० औ अधिवेशनले चन्द्रप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अध्यक्षका अर्का प्रत्यासी सोमनाथ ढुंगानालाई १८ मतले पछि पार्दै पौडेल आगामी २ वर्ष कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित पौडेलले चालीस मत प्राप्त गरेका थिए ।
समितिको उपाध्यक्ष राम गिरी, सचिव नारायण सापकोटा, सहसचिव प्रमोद भण्डारी र कोषाध्यक्ष शालिकराम गौतम सर्वसम्मत भए । सदस्यमा नारायणप्रसाद सुवेदी, राजन पौडेल, मोहन अधिकारी, टीकाराम लम्साल र राजेन्द्र थापा सर्वसम्मत भए । अध्यक्ष पदमा मात्र मतदान भएको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि पौडेलले आगामी दिनमा संस्था र व्यवसायीको हितको लागि काम गर्ने प्रतिबद्धता जनाए ।
यसअघि संस्थाका १७ औ साधारणसभाको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले पर्यटन क्षेत्रमा देखिएका समस्या हल गर्दै अगाडि बढ्न सुझाव दिए ।
उद्घाटन सत्रमा पर्यटन परिषद पोखराका अध्यक्ष सूर्य भुजेल, पर्यटन बोर्डका पूर्व सदस्यद्वय अग्नी कँडेल र गणेशबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालालगायतले बोलेका थिए ।
कार्यक्रममा सचिव नारायणप्रसाद सुवेदीले सचिवको र कोषाध्यक्ष शालिकराम गौतमले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । सचिवको प्रतिवेदन सहसचिव नारायण सापकोटाले वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष नवराज अधिकारीका अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रप्रसाद पौडेलले र संचालन सचिव नारायणप्रसाद सुवेदीले गरेका थिए ।
टेसा टे«किङमा आवश्यक सम्पूर्र्ण सामग्री लगायत विभिन्न अत्यावश्यकीय सामानहरुको बिक्री गर्ने व्यवसायीको संस्था हो ।