पोखरामा करिब १७ हजार लिटर अवैध घरेलु मदिरा नष्ट


पोखरा, १७ भाद्र-

कास्की प्रहरीले अवैधरुपमा बनाएको घरेलु मदिरा करिब १७ हजार लिटर जफत गरि नस्ट गरेको छ । प्रहरीले ६ सय ९६ तयारी मदिरा, १६ हजार १ सय ६० कच्चा मदिरा, १३ किलो मर्चा नस्ट गरेको हो । त्यसै गरि २१ रक्सी पादा प्रयोग हुने भाडा र १ भन्दा बढि डरम जफत गरको छ ।

घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण कार्यलाई नियन्त्रण गर्ने अभियान संचालन गरेको छ । पोखराको नयाँबजार, मालेपाटन, बैदाम, नयागाउँ, घारीपाटन, आलुमाईला चोक लगायतका क्षेत्रबाट अवैध मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, भाँडा वर्तन समेत नियन्त्रणमा लिएको थियो ।