पोखरा, भाद्र १६
स्टेप वाई स्टेप उच्च मा.वि. मासबार, पोखराले आज विद्यालय प्राङ्गणमा एक कार्यक्रम गरी बाढी पिडितका लागि सङ्कलित राहत रकम रु. प्रन्ध हजार, पाँच सय बाह्र , नेपाल रेडक्रस सोसाइटी कास्कीलाई हस्तान्तरण ग¥यो ।
विद्यालयमा क्रियाशील युवा रेडक्रसका अध्यक्ष स्मृती बराल, ने.जु.रे.स. का अध्यक्ष बिकल बराल, शिक्षक नायक, प्राचार्य निर्मला बरालले संयुक्त रुपमा नेपाल रेडक्रस सोसाइटी कास्कीका उप सभापति एवं विपद् व्यवस्थापन संयोजक डण्डराज शर्मा र उप कोषाध्यक्ष सुरेन्द्र गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त रकम युवा रेडक्रस र ने.जु.रे.स. स्टेप वाई स्टेपका छात्रछात्राहरूको पहलमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी एवं विद्यालयबाट सङ्कलन गरिएको थियो । कार्यक्रममा बोल्दै ने.रे.सो. कास्कीका उप सभापति डण्डराज शर्माले रेडक्रसले विपद्लाई सम्पूर्णको साझा विपद् मान्दै आएकोले राहत रकम रेडक्रसले पूर्ण सदुपयोग गर्ने बताउनु भयो ।कार्यक्रममा प्राचार्य निर्मला बराल र सूर्यप्रसाद लम्सालले बोल्नु भएको शिक्षक नायक जगन्नाथ घिमिरेले जनाउनु भएको छ ।