राशिफल लेखक/युवा ज्योतिषी- हरि पन्त
आज मिति २०७१ साल भाद्र ११ गते बुधबार, तदनुसार अगस्त २७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको द्वितीया तिथि ४१ घटि ४७ पला अर्थात रातिमा १० बजेर २३ मिनेटसम्म त्यस उप्रान्त तृतीया तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा सिंह राशिमा २३ घटि ४६ पला अर्थात बिदनमा ३ बजेर ११ मिनेटसम्म त्यसउप्रान्त कन्या राशिमा प्रेश गर्नेछ । आज दिनमा ३२ घटि १ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४० मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष ः सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
वृष ः धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता बढ्ने, आम्दानीका श्रोत घट्न सक्ने ।
मिथुन ः खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट ः टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
सिंह ः मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, नविन रोजगारका लागि खोजी हुनेछ, समय राम्रो छ ।
कन्या ः शत्रुहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
तुला ः इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
वृश्चिक ः सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
धनु ः राजनैतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ होसियार हुनुहोला ।
मकर ः आफन्तले कुरा काट्नेछन्, आटेको कार्य अधुरा, नयाँ कार्यमा लगानी गर्ने योजना विफल हुनेछन् ।
कुम्भ ः सकारात्मक सोचाइ बढ्ने, व्यापार व्यवसायबाट लाभ पाइने, स्वास्थ्यमा क्रमशः सुधार हँुदै जानेछ ।
मीन ः मानसिक शान्ति मल्ने, नयाँ ठाउँको भ्रमण, आफ्नै पेशाप्रति सन्तुष्टि, सबै काम सजिलै सम्पन्न हुनेछन् ।
आजको साइत ः आज पूर्व दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र ११ गते बुधबार बिहान ५ः४० बजेदेखि ७ः१० बजेसम्म लाभ बेला, बिहानमा ७ः१० बजेदेखि ८ः४० सम्म अमृत बेला, बिहानमा ८ः४० बजेदेखि १०ः१० बजेसम्म काल बेला, बिहानमा १०ः१० बजेदेखि ११ः४० बजेसम्म शुभ बेला, बिहान ११ः४० बजेदेखि दिनमा १ः१० बजेसम्म रोग बेला, दिनमा १ः१० बजेदेखि २ः४० बजेसम्म उद्वेग दिनमा २ः४० बजेदेखि ४ः१० बजेसम्म चर साँझ ४ः१० बजेदेखि ५ः४० बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा १२ः०० बजेदेखि १ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९