दिपक खरेल,
एन.आर.एन.ए आईसीसी सदस्य-
आजै बाट माईत आई दर खाइन्छ,
बाउको मुख हेर्न गोकर्णे औंसी मनाईन्छ !
साथी भाई , सर संगी बसी एकै ठाउमा ,
जम्मा भै दुख सुख सबै गाइन्छ !!
सबै जम्मा हुन्छन आज बाउको मुख हेर्न ,
बर्षे। भरका रोदनका दिन खुसीमा फेर्न !
नाच्दै गाउदै बिर्सी दुख मनाउ हाम्रा पर्ब ,
हाम्रा कला हाम्रा संस्कृति हामीहरु कै गर्व !!
नबिर्सौ कहिले हाम्रा कला र संस्कृति,
मनाउ पर्ब हटाई सबै सामाजिक बिकृति !
उत्साह साथ् चाड मनाउने सबैको चाहना ,
हाँसी खुसि बाचौ संधैं सबैलाई शुभकामना !!