काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौैंका लाजिम्पाट स्थित आफ्नै घरमा घिमिरेको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।
उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।
उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको हो ।