नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्याे


पोखरा – आइतवार विभिन्न जिल्लाका ४२५ जना नयाँ कोरोनाभाइरसका संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या ३७५ तथा महिला ५० रहेका छन् ।

नेपालमा कोराना संक्रमण भएका जिल्लाहरुको संख्या ७३ पुगेको छ । आईतवार मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमण फैलिएको पछिल्लो जिल्ला रुकुम पूर्व थपिएको जानकारी दिनुभयो ।

संक्रमित भएका ५ हजार ७६० मध्य पुरुष ५ हजार ३२४ रहेका छन् भने महिला ४३६ जना रहेका छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या ९७४ पुगेको डा.गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा ६ जना महिला तथा ५५ जना पुरुषसहित ६१ जना निको भएसंगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको हो ।

पछिल्लो पटक अस्पतालबाट डिस्चार्ज भएकाहरुमा नारायणी अस्पतालबाट १२ जना, पाठन अस्पतालबाट १, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टान धरानबाट ३ जना, रौतहटबाट ९ जना, डडेल्धुराबाट ५ जना, दार्चुलाबाट १, डोटीबाट १, सेती प्रादेशीक अस्पतालबाट ६ जना, बाँकेबाट ८ जना, बाँके खजुराबाट ८ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट ६ गरी ६१ जना रहेका छन् । यो सहित नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ९७४ पुगेको हो । उनिहरुमा ८७७ पुरुष तथा ९७ जना महिला रहेका छन् ।

मृत्यु हुनेको संख्या १९

पछिल्लो पटक एक ३६ वर्षिय पुरुषको मृत्यु भएपछि कोरोनाको कारण नेपालमा मृत्यु हुनेको संख्या १९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गुल्मी धुर्कोट वडा नं ४ का ३६ वर्षिय पुरुषलाई जेठ १२ मा रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनि रेसुङ्गा ९ को आइसोलेसनमा रहेका थिए । जेठ ३१ मा दुखद निधन भएका ति पुरुष क्यान्सर पिडित भएको र उनि भारतबाट आएका डा. गौतमले जानकारी दिनुभयो ।