पोखरा । रानाभाट/भाट समाज नेपाल पोखरा एकाइ समितिको प्रथम साधारण सभा तथा अधिवेशन विमला रानाभाटको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरि सम्पन्न भएको छ ।
समितिको उपाध्यक्षमा निरु रानाभाट, सचिवमा कल्पना भट्टराईभाट, कोषाध्यक्षमा सम्झना रानाभाट (क), सहसचिवमा विद्या वराल रानाभाट, सदस्यहरु वेलकुमारी रानाभाट, राममाया रानाभाट, मानकुमारी महत भाट, रिता शाक्य भाट, सम्झना रानाभाट र मञ्जु रानाभाट चयन भएका छन् ।
त्यसैगरि समितिको सल्लाहकारमा तोयबहादुर भट्टराईभाट, मिनबहादुर रानाभाट, चम्पा रानाभाट, कृष्णबहादुर रानाभाट, बुद्धिबहादुर रानाभाट, यमबहादुर रानाभाट, वलबहादुर रानाभाट, हरिबहादुर भाट, असफल गौतम भाट चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि भाट समाजका केन्द्रिय सदस्य श्रीबहादुर रानाभाट, क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर रानाभाट, संस्थापक क्षेत्रीय अध्यक्ष तोयबहादुर भट्टराईभाट, पबित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवबहादुर रानाभाटलगाएतले वोलेका थिए ।
पोखरा महानगरपालिका भित्र वसोवास गर्ने तर समाजको कुनै पनि एकाईको सदस्यता नलिएका रानाभाट तथा भाट बन्धुहरुलाई एकिकृत गर्न कास्की जिल्लामा पोखरा एकाई समिति गठन गरिएको कार्यक्रमको बारेमा प्रकाश पार्दै संस्थापक क्षेत्रिय सहसचिव असफल गौतम रानाभाटले वताए ।
तदर्थ समितिकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सम्झना रानाभाटले र संचालन कार्यक्रम संयोजक बुद्धिबहादुर रानाभाटले गरेका थिए ।
सो अवसरमा भाट समाज कास्की जिल्ला सदस्य रीता रानाभाट, पोखरा १३ काहुँखोला एकाइका अध्यक्ष एकदेव रानाभाट, पोखरा २६ लेखनाथ एकाइका कोषाध्यक्ष लक्ष्मण राजभाट, पोखरा १७ की उपाध्यक्ष अन्जु रानाभाट, पोखरा १४ माटे मसिनाका कोषाध्यक्ष बलबहादुर रानाभाट लगाएतका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।