पोखरा । समाज परिवर्तनका लागि मेघा एफ.एम. भन्ने मुल नाराका साथ संचालित मेघा एफ.एम ९५.४ मेगाहर्जद्वारा महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा मेघा खुल्ला तिज गित प्रतियोगिता गर्ने भएको छ ।
यहि भाद्र २३ गतेका दिन प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक ऋषिराम दहालले बताए । करिब २० टिमको सहभागिता रहने जानकारी दिदै आन्तरिक कार्य अगाडी बढिरहेको दाहालले वताए।
मेघा एफ.एमले मौलिक संस्कृतिको संरक्षण र जगेर्ना गर्दै आईरहेको हुदाँ महिलाको चाड तिजलाई पनि महत्वका साथ तिज गित प्रतियोगिता गर्न लागिएको मेघा एफ.एमका प्रबन्ध निर्देशक देशभक्त सिंह कुँवरले बताए ।
एफ.एमले यस भन्दा अगाडी पनि समाज परिवर्तनका लागि विभिन्न कार्यक्रम गरिसकेको हुदाँ यसैको निरन्तरताका लागि यसपाली मेघा खुल्ला तिज गित प्रतियोगिता गर्न लागेको कुँवरले बताए ।
प्रतियोगितामा टिम दर्ता निःशुल्क गरिएको छ भने प्रथम पुरस्कार नगद १५ हजार र प्रमाणपत्र, द्धित्तिय पुरस्कार नगद १० हजार र प्रमाणपत्र साथै तृतिय पुरस्कार नगद ६ हजार र प्रमाणपत्र प्रदान गरिनुका साथै चर्चित कलाकारको बेजोड प्रस्तुती रहने सो प्रतियोगितामा उत्कृष्ट नृत्य तथा उत्कृष्ट भेषभुषालाई आकर्षक पुरस्कार समेत रहेको संयोजक दाहालले जानकारी दिए ।