मादीको नागीधारमा विविध जनचेतना मूलक तालिमहरु सम्पन्न


पोखरा । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८, नागीधारमा गाउँपालिकाको आयोजनामा विभिन्न जनचेतनामूलक तालिमहरु विहीबार सम्पन्न भएका छन् ।

तालिममा वडा अध्यक्ष यमबहादुर गुरुङले जनचेतनामूलक तालीमले सचेतना कार्यक्रमले ब्यक्तिको सोचमा परिवर्तन ल्याउने र सोचले भौतिक बिकासको भन्दा धेरै कार्य गर्ने बताए । उनले हरेक ब्यक्तिको बिकास मैत्री हुनुपर्ने बताउँदै आफू कुनै पदमा नभए पनि टोलको बिकासमा लाग्नुपर्ने बताए ।

सो अबसरमा मादी ८ का सचिव सरोज थापा, वडा नं ९ का सचिव ऋषिराम सुबेदी, वडा सदस्यहरु कुलबीर गुरुङ, लालदेबी घले, पन्चमाया नेपाली लगाएतले तालीमले गाउँको बिकासमा दीर्घकालीन सहयोग गर्ने बताए ।

तालिममा प्रशिक्षार्थी नागीधार टोल विकास समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ र स्थानिय यज्ञमाया गुरुङले जनचेतनामूलक तालिमहरु निरन्तर दिनुपर्ने बताए ।

तालिममा मेगा एफएम ९५.४ का पत्रकार ऋषिराम दाहाल र दरबारथोक एड्भरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक कृष्ण रानाभाटले नेतृत्व तथा क्षमता विकास सम्बन्धि, पत्रकार प्रकाश ढकालले महिला तथा वालवालिका सम्बन्धि र मिजुरे स्वास्थ्य चौकीका इन्चार्ज दिपक ढकालले स्वास्थ्यसम्बन्धि प्रशिक्षण दिएका थिए ।

तालिममा निर्वाचित जनप्रतिनिधिहरुसहित नागीधार, पाखुरीकोट, रबै, पोसि र तल्लो रबै टोलहरु, युवा क्लबका सदस्यहरु, आमा समुहका प्रतिनिधिहरु गरि ७० जनाको सहभागीता रहेकोे थियो ।