पोखरा । पोखरालेखनाथ महानगरपालिका वडा नं. ९ को आर्थिक सहयोग तथा नयाँ बजार सांस्कृतिक समितिको आयोजनामा सञ्चालित १५ दिने ताय मचाः वाद्यवादन प्रशिक्षण शुक्रबार समापन गरिएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रामराज लामिछानेले वडा भित्र हुने कुनै पनि साँस्कृति संरक्षणका कार्यक्रमलाई समान रुपले सहयोग गर्ने वताए । उनले कुनै पनि संस्कृति कुनै जात विषेशको मात्रै नभई सम्पुर्ण राष्ट्रको सम्पत्ति भएकोले संरक्षणको आवश्यकता रहेको वताए ।
वडा सचिव लोकदर्शन कोइरालाले बालबालिकालाई संस्कार, संस्कृति वर्षैसम्म जिवित राख्नको लागि आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने वताउँदै कुनै पनि सिप वाल्यकालमै सिकाउनु पर्ने वताएका थिए ।
सल्लाहकार संरक्षक जगतकृष्ण कर्माचार्य, उत्तम जोशी, बेदकुमार श्रेष्ठ, वडा सदस्यहरु गीता चम्राकार, सुरेश खवास, राममाया मानन्धर, सौभाग्य महिला समुहका अध्यक्ष शान्ता जलारीलगाएतले शुभकामना व्यक्त गरेका थिए ।
‘आफ्नो संस्कृतिको संरक्षण गरौं’ भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त तालिममा १० बर्ष उमेरदेखि २५ सम्मका १० जना सहभागी भएका थिए । उनिहरुले खिन, झ्याली, ढल्की बाजा वजाउन सिकेका थिए । उनिहरुलाई प्रशिक्षक द्धय अनु ताम्राकार र निशान्त ताम्राकारले प्रशिक्षण दिएका थिए ।
तालीममा सहभागीलाइ अतिथिहरुले सहभागिताको प्रमाण पत्र बितरण गरेका थिए भने प्रशिक्षार्थीहरुले आफुले सिकेका बाजाका विभिन्न तालहरु प्रस्तुत गरेका थिए ।
नयाँवजार साँस्कृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रशिक्षार्थी रोशन मानन्धरले र सचीव भावना श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।