त्रिभुवन विमानस्थलको अल्टरनेटिभ एअरपोर्ट बनाइने


पोखरा – पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटक संख्याको तथ्याङ्क राख्ने प्रणलीलाई व्यवस्थित गरिने कुरामा प्रतिबद्धता जनाउनु भएको छ । प्रेस चौतारी कास्कीले  पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाल आउने बाह्य पर्यटको तथ्याङ काठमाडौमा पनि प्रभावकारी नभएको बताउदै एक सय दिनभित्र सवै विमानस्थलबाट तथ्याङक संकलन प्रभावकारी बनाइने बताउनुभयो । मन्त्री अधिकारीले पोखरामा कति पर्यटक आउँछन् भन्ने यकिन तथ्याङ्क नभएको बताउदै तथ्याङको प्रणालीलाई सय दिनभित्रै व्यवस्थित गर्ने दावी गर्नुभयो उहाँले तथ्याङकको लागी अरुसंग मात्र भर पर्ने अवस्थाको अन्त्य गर्ने गरि नागरिक उडयन प्राधिकरण मार्फतनै तथ्याक संकलन गरिने बताउनुभयो । ‘अध्यागन कार्यालयसंग मात्र भर नपरी मन्त्रालयले नै तथ्याङ संकलन गर्ने र त्यहीबाट बाहिर जाने ब्यवस्था गर्ने छौ । ’

‘नेपालमै कति पर्यटक आउँछन् ? त्यसको विश्वसनीय तथ्याङक छैन। केन्द्रीय तथ्याङ पनि तथ्यपरक छैन। हण्ड्रेड डेजमा केन्द्रीय तथ्याङलाई प्रभावकारी बनाउने कार्ययोजनामा राखेको छु । टुरिजमको कन्ट्रिब्युसन पनि राम्रो छैन। जहाजबाट आउने पर्यटकहरुको तथ्याङकछ। क्यानबाट नै नागरिक उडड्यन मन्त्रालयमा जाने व्यवस्था गर्नेछौं।’मन्त्री भएपछि पहिलो पटक पोखरा आउनु भएका उहाँले मन्त्रालयलाई प्रभावकारी बनाउने चुनौतिहरुको पहिचान गरी सुधारलाई अगाडी बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत भएको बताउनुभयो । उहाँले विशेषगरी अन्तराष्ट्रिय विमानस्थलको सुधार र यहाँको एअर ट्राफिकको अस्तब्यस्तताको अवस्थालाई सुधार गरिने बताउनुभयो । त्रिभुवन विमानस्थलको अल्टरनेटिभ एअरपोर्ट बनाउने बारे छलफल भैरहेका बताउदै आन्तरीक उडानलाई अर्को ठाँउबाट उडान गर्नसके एयर टाफिक कम हुने बताउनुभयो । ‘काठमाण्डौं नजिकै डोमेष्टिक जहाज चल्न सक्यो भने एअर ट्राफिकको समस्य केही हट्ने छ ।’

अन्तराष्टिय विमानस्थालाई २१ घण्टा संचालन गर्ने र त्यसलाई २४ सै घण्ण्टा संचालन गर्ने जानकारी दिनुभयो । ‘विमान चल्ने कुरालाई एकैदिन २१ घण्टबाट बढाएर २४ घण्टा पु¥याउने लक्षका साथ काम कारवाही अघि बढेको छ ’ मन्त्री अधिकारीले भन्नुभयो । उहाँले सवै प्रदेशका विमानस्थलमा स्टेशन राखेर कार्य अघि बनाउने समेत बताउनुभयो । ‘एकसय दिनभित्र यो व्यवस्था पुरा हुनेछ । पोखरामा पनि यही स्टेशन राखेर जहाज उडाउने ब्यवस्थ ागर्नेछौ । यहाँ राती जहाज बस्ने ब्यवस्था हुनेछ । अन्य ठाउँहरुमा पनि यस्तो व्यवस्था गर्दैछौं। क्षेत्रीयस्तरबाट जहाज चलाउन शुरु भएपछि त्यसको वरपर पहाडी ठाउँहरुमा जहाज पुग्नेछ । काठमाण्डौंको एअर ट्राफिकको भीड कम हुनेछ।’उहाँले पोखरालाई टुरिजम हब बनाउन अध्ययन भइरहेको बताउनुभयो। पर्यटकको बसाई लम्ब्याउन आबश्यक पूर्वाधारको छलफल चलिरहेको मन्त्री अधिकारीको भनाई छ। ‘आफू स्वयम्ले पर्यटकीय क्षेत्र पोखराको प्रतिनिधित्व गर्ने भएका कारणपनि यहाँको पर्यटन प्रबद्र्धन र विकासमा परिवर्तन आउने विश्वास लिएको छु ।,’