पोखरा – लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको अध्यक्षमा विधान गौतम सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न अधिवेशनले लायन वर्ष २०१८/१९ का लागि गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित भएपछि गौतमले पोखराका सडकमा रात काट्न बाध्य बनेका असाहयका लागि केहि गर्ने योजना आफुले ल्याउने बताए । लायन्सका नियमित कार्यक्रमका अतिरिक्त केहि पृथक कार्यक्रम मार्फत समाजमा पुग्दै आफ्नो कार्यकाललाई नमुना बनाउने उनको उद्घोष थियो ।
निर्वाचित नयाँ समितिको प्रथम उपाध्यक्षमा टंक ढकाल, द्वितिय उपाध्यक्षमा शंकर पाण्डे, तृतिय उपाध्यक्षमा महेश्वर रिमाल, सचिवमा राजाराम पौडेल, कोषाध्यक्षमा सागर बराल, सह सचिवमा कृष्ण आचार्य र सहकोषाध्यक्षमा राजेश ढुगांना चयन भएका छन् ।
त्यसैगरी पिआरओमा महेश सुनार, मेम्बरसिप चियरपर्सनमा चित्र गुरुङ, टेमरमा अनुप बराल र टेलटुइस्टरमा विजय न्यौपाने रहेका छन् । डाइरेक्टरहरुमा रामजी देवकोटा, मोती पौडेल, सन्दिप बुढाथोकी, टिका बहादुर लम्साल, सुनिल बस्नेत रहेका छन् । सदस्यमा टिकाराम पराजुली, प्रदिप ओझा, श्रीराम बराल, जीवन कार्की, कञ्चन घिमिरे र नवराज कोइराला चयन भएका छन् । क्लबको सल्लाहकारमा संस्थापक अध्यक्ष सन्तोष घिमिरे, वर्तमान अध्यक्ष पुरुषोत्तम राज भण्डारी र वर्तमान प्रथम उपाध्यष ऋषिराम भण्डारी रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठले कल्बले गर्ने कार्यक्रममा आफ्नो र डिष्ट्रिक ३२५ बि १ को सर्पोट रहने बताए । वर्तमान अध्यक्ष पुरुषोत्तमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिएमटि कोर्डीनेटर सुदिपराज ढुङ्गाना, रिजन चियर पर्सन विना गुरुङ, शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिकका वृक्षारोपण कमिटि चियर पर्सन बालकृष्ण बराल, जोन चियर पर्सन अशोक बराल, डिष्ट्रिक कमिटि को चियर पर्सन दुर्गा कुमारी आचार्य, पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरे, लायन्स क्लब अफ सिर्जना चौतारीका इलेक्टेड अध्यक्ष जित बहादुर थापा गोपाल, लायन्स क्लब अफ विरौटा साझा चौतारकिा वर्तमान अध्यक्ष सिता पहारी, पोखरा फेवा वेगनास चौतारीका वर्तमान तृतिय उपाध्यक्ष टंक ढकाल, दितिय उपाध्यक्ष विधान गौतम र सचिव शंकर पाण्डेले बोलेका थिए । क्लबमा २६ जना युवा आवद्ध छन् ।