बार्सिलोना/नेपाली चलचित्र ‘कृ’ को एक बिशेष सो मार्फत ललिलपुर टिकाथलीमा रहेको “होप राईजिङ् चिल्ड्रेन होम कलेश्वरका अनाथ बालबालिकाहरुलाई सहयोग जुटेको छ। आईतबार बार्सिलोनामा देखाईएको एक बिशेष सो मार्फत ८ सय ८५ युरो ( करिव १ लाख १२ हजार रुपैयाँ) संकलन भएको हो। साथिसँग मनका कुरा समुहले आयोजना गरेको कार्यक्रममा टिकट मार्फत बचत तथा ईच्छुक सहयोगीहरुबाट रकम संकलन भएको हो।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सल्लाहकार रोशन पाठकलाई संकलित रकम हस्तान्तरण गरिएको छ। म्याड्रिड निबासी पाठकले नेपालमा नै पुगेर चिल्ड्रेन होमलाई सहयोग गर्ने बताएका छन्।
होप राईजिङ्ले अनाथ बालबालिकाहरुको हेरविचार गर्ने तथा तिनीहरूलाई खाना,आश्रय, शिक्षा, स्वास्थ्य र वातावरण प्रदान गर्ने, अपाङ्ग आमाबाबुहरुबाट जन्मेका बालबालिकाहरु,,भूकम्प पिडित बालबालिकाहरूको हेरविचार सहित तिनीहरूलाई आधारभूत आवश्यकताहरू पुरा गर्ने, स्थानीय समुदायमा बालअधिकार र बाल श्रमबारे जागरूकता सिर्जना गर्ने काम गर्दै आएको छ।