पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७, छोरेपाटनस्थित छोरेपाटन माविमा २०४६ सालमा एसएलसी दिएका विद्यार्थीहको पुनःमिलन कार्यक्रमका अवसरमा शिक्षकहरुलाई सम्मान गरेका छन् ।
शनिबार सम्पन्न उक्त कार्यक्रममा सहपाठी देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगाएत शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित भएका गुरुहरु युवराज रेग्मी, विश्वेश्वर पराजुली, वोधराज भट्टराई, लक्ष्मण थापा, डा. टंकराज अधिकारी, खेमराज पौडेल, वलराम सुवेदी, शिवप्रसाद भण्डारी, नन्दलाल वराल, शेषराज पहारी, बद्रिनाथ पहारी, विश्वनाथ पहारी र कृष्णप्रसाद पौडेल रहेका थिए ।
२०४६ सालको एसएलसी ताका पढाउनुहुने गुरुहरुलाई सो अवसरमा सम्मान गरिएको कार्यक्रमका संयोजक खेमराज वराल (धु्रव) ले वताए ।
साथै उक्त भेलाले खेमराज वराल (धु्रव)को अध्यक्षतामा भुपु विद्यार्थी एसएलसी २०४६ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा उदय खत्री, सचिवमा उमाकान्त वराल, सहसचिवमा खिमलाल वराल, कोषाध्यक्षमा गुरुदत्त ढकाल, सहकोषाध्यक्षमा नारायण खत्री चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यमा कुमार श्रेष्ठ, इन्दिरा पहारी, लक्ष्मी देवकोटा, मधुसुधन सुवेदी, जिवन गुरुङ, हरी विक र विष्णुप्रसाद वराल चयन भएका छन् भने सल्लाहकारमा विद्यालयका प्रअ लक्ष्मण थापा, देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पुर्व प्राचार्य डा. टंकराज अधिकारी, पुर्व प्रअ विश्वेश्वर पराजुली, पुर्व शिक्षकहरु खेमराज पौडेल र वलराम सुवेदी चयन भएका छन् ।
उमाकान्त वरालले संचालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक खेमराज वराल (ध्रुब) ले गरेका थिए ।