काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न धमाधम अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ। आजको कारोबार दैनिकमा केदार दाहालले खबर लेखेका छन्।
प्राधिकरणले संस्कृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुममति दिन नसक्ने जानकारी गराएको थियो।
तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिएको थियो। हाल उक्त एयरलाइन्सले नेपालमा उडान भर्दै आएको छ।
भारतको गो एयर, मकाउ लगायतका देशवाट पनि नयाँ एयरलाइन्सहरुले नेपालमा उडान भर्नको लागि प्रक्रिया अघि वढाएका छन्।
श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ। मन्त्रालयले लाइसेन्स दिएपनि प्राधिकरणले नयाँ एयरलाइन्सलाई एओसी रोक्ने तयारी गरेको श्रोतले जनाएको छ।