त्रिवेणी संगितालयको लेखनाथ शाखा शुभारम्भ


कृष्ण रानाभाट/पोखरा । पोखरा लेखनाथ महानगरपालिका–९, न्युरोड, दरबारथोकमा १५ वर्षदेखि संचालन भई रहेको त्रिवेणी संगितालयले लेखनाथको तालचोकमा पहिलो शाखा स्थापना गरेको छ।

महाशिवरात्री पर्वको अवसर पारेर मंगलबार सांगितिक कार्यक्रम सहित उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लेखनाथ साहित्य प्रतिष्ठान तथा सप्तरङ्गि सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष पदमराज ढकालले उद्घाटन गर्दै लेखनाथमा नै पहिलो संगितालयको शाखा खोलेर त्रिवेणी संगितालयले स्थानिय संगितका पारखी, प्रशिक्षार्थीहरुलाई निकै सहयोग पु¥याएको र आगामी दिनहरुमा संगित क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा समाजसेवी सुरजजंग राणा, हिमचुली एफएमका स्टेशन मेनेजर अमर गुरुङ, लेट्स एजुकेशन प्रालि.का संचालक महेश पौडेल, दरबारथोक एड्भरटाईजिङ एजेन्सीका संचालक कृष्णबहादुर रानाभाटलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा भक्ति संगित प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति कुमार गुप्ता र कोषाध्यक्ष लक्ष्मी गिरीले भजन, प्रशिक्षार्थीहरु रोहीत गुरुङ, निखिल गुरुङ, निसान वराल, अभिषेक सुवेदीलगाएले गित प्रस्तुत गरेका थिए ।

त्रिवेणी संगितालय प्रशिक्षक निर्देशक नवराज वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तबला प्रशिक्षक खेम लामाले र संचालन प्रशिक्षार्थी वसन्त रानाभाट तथा गितार प्रशिक्षक सुनिल वरालले गरेका थिए ।