मनाङमस्र्याङर्दीलाई हराउदै नेपाल पुलिस क्लब अन्तिम चारमा


पोखरा – मनाङमस्र्याङर्दीलाई पोखरेली मैदानमा स्तब्ध बनाउदै नेपाल पुलिस क्लब पोखरामा जारी १६ औ आहा राराको अन्तिम चारमा स्थान पक्का गरेको छ । पोखरा रगंशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पुलिसले मनाङलाई ३–१ ले पाखा लगाउदै फाइनल प्रवेशका लागी धरान ११ संग विहिबार खेल्ने छ ।

पोखरेली मैदानमा पाँचौ पटक आहा राराको उपाधि उचाल्ने योजना बनाउदा निरकुमार राई, दिनेश राजवंशी र सुमन लामाले गोल गर्नुभयो । पहिलो हाफ गोल रहित बराबरी खेलेको मनाङले दोश्रो हाफमा लय गुमाउदाँ पोखरेली मैदानमा आफनो साख जोगाउन सकेन् । खेलको ५३ औ मिनेटमा निरकुमार राईले गरेको कर्नर मनाङका खेलाडीबाट रिबाउण्ड भएको बलाई पून नियन्त्रणमा लिदै बललाई जालीको सम्पर्कमा पुर्याउदै गोलको खाता बोल्नुभयो । ५७ औ मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नरलाई तेज तामाङले डिबक्सभित्र मिलाइदिएको बललाई दिनेश राजवंशीले बललाई पोष्टको सम्पर्कमा पुर्याउदै गोेल अन्र्तर दोब्बर बनाउनुभयो ।

दोश्रो हाफको सात मिनेटमा दुई गोलले पछाडी परेको मनाङ गोलका लागी प्रयासरत रहेपछि ७२ औ मिनेटमा तेश्रो गोलको सामना गर्न पुग्यो । मनाङका गोलरक्षक दिनेश थापामगर अगाडी बढेको अवस्थामा करिव २२ यार्ड टाढाबाट सुमन लामाले प्रहार गरेको बल जालीको सम्पर्कमा पुगेपछि मनाङको सेमिफाइनल यात्रा अधुरो बन्यो । तिन गोलले पछाडी परेको मनाङ खेलमा फकर्ने प्रयास गदै ८२ औ मिनेटमा घरेलु मैदानमा कप्तान अनिल गुरुङले मिलाइदिएको पासमा विशाल राईले सान्त्वना गोल गर्नुभयो ।