मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्यो


काठमाडौं–  बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको छ । जसअनुसार  प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ । यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको छ।  विभिन्न  दलका नेता  र स्थानीय स्तरमा प्रदेश राजधानीका विषयमा फरक फरक धारणा र दवाव आन्दोलतहरु भइरहेको बेला सरकारले प्रदेश राजधानी तोकेको हो ।

बैठकले प्रदेश प्रमुख पनि तोकेको छ ।  बैठकको  निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा ,   प्रदेश नम्बर २  को प्रमुखमा  रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा  अनुराधा कोइराला , प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर , प्रदेश नम्बर ५ को प्रमुखमा  उमाकान्त झा , प्रदेश नम्बर ६ को प्रमुखमा  दुर्गा खनाल र ७ को प्रमुखमा  मोहनराज मल्ललाई ताेकिएकाे  छ ।