बर्तमान सरकारको रवैया प्रति एमाले कास्कीको गम्भिर आपत्ति


पोखरा – जनतबाट अनुमोदित बाम गठबन्धनलाई चाँडो सत्ता हस्तान्तरण गर्नुपर्नेमा जनमतलाई ख्यालै नगरी सरकार सत्तामा बसेको एमाले कास्कीले आरोप लगाएको छ । एमाले कास्कीले मंगलबार पत्रकार सम्मेलन गरि लोकतन्त्र र संसदीय अभ्यासका न्यूनतम मुल्य र मान्यतालाई समेत ख्याल नगर्ने बर्तमान सरकारको रवैया प्रति एमाले कास्कीले गम्भिर आपत्ति प्रकट गरेको छ ।

एमाले कास्कीको हालै सम्मन्न ३१ औ बैठकले गरेका निर्णय बारे जानकारी दिदै एमाले कास्कीका अध्यक्ष एवं प्रदेश सासद कृष्ण थापाले जताबाट अनुमोदित जनप्रतिनिधिहरुलाई यथासिघ्र सत्ता हस्तान्तरण गर्न जोडदार माग बैठकले गरेको जानकारी दिए । नेपालका दुई ठूला कम्यूनिष्ट पार्टी एमाले र माओबादी केन्द्रले बाम गठबन्धन बनाई प्रतिनिधि र प्रदेश सभा निवाचन एउटै साझा चुनावी घोषणापत्र लिएर गएकोमा जनताबाट उच्च अभिमत साथ अनुमोदन गरेको बताउदै अध्यक्ष थापाले जनताको चाहना, आम कार्यकर्ताको भावना र देशको आवश्यकतालाई ध्यानमा राखेर पूर्व सहमती अनुसार पार्टी एकता सम्पन्न गर्न दुवै पार्टीका शिर्ष नेतृत्वहरुलाई विशेष अनुरोध बैठकले गरेको अध्यक्ष थापाले बताए ।

त्यस्तै बैठकले पोखरा प्रदेश नम्वर ४ को निर्विकल्प राजधानी रहेको बताउदै पोखरा लेखनाथ उपत्यका भित्र बन्दै गरेको अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माणकार्य समयमा नै सम्पन्न गर्न, फेवाताल, बेगनास, रुपाताल लगायतका प्राकृतिक सम्पदाहरुको दिर्घकालीन संरक्षण गर्न समेत एमाले कास्कीले आग्रह गरेको छ । प्रस्तावित बसपार्क निर्माणको कार्य अगाडी बढाउदै विकास निर्माणको कामलाई योजनाबद्ध अगाडी बढाउदै जनसरोकारका विषयहरुलाई घोषणापत्र मार्फत जाहेर प्रतिबद्धता अनुसार काम गर्न एमाले कास्कीले निवाचित आफना जनप्रतिनिधिलाई अनुरोध समेत गरेको छ ।

एमाले अध्यक्ष थापाले पोखरालाई देशकै मोडल र नमुना शहर तथा प्रदेश राजधानी बनाउने बताए । ‘कुनै किचलोर दावा नगरि राजधानी बनेको पोखरालाई देशकै मोडल र उत्कृष्ट राजधानी बनाउने छौ ।’ अध्यक्ष थापाले स्थानिय तह, प्रदेश र केन्द्रमा पनि कम्यूनिष्टहरुकै सरकार बन्ने निश्चित भएको बताउदै अव काम गरेर देखाउने समय आएको बताए । ‘सवै तहका सरकार बन्ने भए, अव पाँच वर्ष काम गरेर भोट माग्न नगाई आह्वान गरे ुपुग्ने अवस्था सृजना गर्नुपर्छ ।’ पत्रकार सम्मेलनमा एमाले कास्कीका उपसचिव प्रभा कोइरालाले स्वागत र संचालन प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले गरेका थिए ।